Header
Loading...

जनताको साथले अपराधीहरुसंग लड्न प्रेरणा मिलेको छ -सर्बेन्द्र खनाल

amrit

sarbendra final

पछिल्लो समय  राजधानिमा फस्टाएको अपराध न्युनिकरण भएको महसुस गर्न सकिन्छ । जसको एउटा कारण हुन् महानगरिय प्रहरी अपराध माहासाखा प्रमुख सर्बेन्द्र खनाल । यतिमात्र होइन विभिन्न क्षेत्रमा  हुने  गरेका  अनियमितता, ठगी , चोरी, डकैति, बलात्कार, तस्करी, जस्ता अपराधहरु  केही हदसम्म न्यूनीकरण गर्न  सफल नेपाल प्रहरीका  अपराध महासाखा काठमान्डौ  प्रमुख सर्बेन्द्र  खनालसंग  कान्तिपथ टिमले कुराकानी गरेको छ    ।

स्कुल पढ्दा देखिनै समाजमा भएका अपराधिक क्रियाकलापबाट असन्तुष्ट रहेका  सर्बेन्द्र खनाल भविष्यमा आफु अपराध र अपराधिका विरुद्ध लागि पर्ने सोच   राखेको बताउने सर्बेन्द्र खनाल अपराध महाशाखा प्रमुख भएसंगै निकै चर्चामा आए  ।

ठमेल स्थित अस्कल क्याम्पसबाट आई.ए.सी गरेका  खनालले संखरदेव क्याम्पसबाट बीकम . सकी  प्रहरी सेवामा प्रवेश गरेका हुन्  ।  उनीसंग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ –

देशको प्रतिष्ठा नै मेरो प्रतिष्ठा

समाजलाई सभ्य र सुशासनतिर अग्रसर गराउन कसरी सकिन्छ भन्ने विषयमा मानसपटलमा सधै  लागिरहन्थ्यो ।
धेरै देशहरु घुमेको छु । धेरै देशको  नियम कानुन नजिकबाट देखेको छु र आफ्नो देशमा कसरी लागु गर्न पर्छ भन्ने पनि थाहा छ । त्यसैले देशको प्रतिष्ठासँग रहेर देशको नाम राख्ने कुरामा निरन्तर लागि रहन्छु ।

जनताको साथले अपराधीहरुसंग लड्न प्रेरणा  मिलेको छ 

   म निसंकोच र निर्भयतापूर्वक नराम्रा प्रबृत्तिहरुको विरुद्ध लड्छु । कसैको दवाबले मलाई एक इञ्च पनि हल्लाउन सक्दैन । यही चिज जनतालाई मन परेको हुन सक्छ । जनताकै यस्तै सकारात्मक प्रतिक्रियाले मलाई झनै प्रोत्साहन  मिलेको छ । अझै अगाडि बढ्न उर्जा मिलेको छ । अपराधिहरु विरुद्ध लड्नको लागि प्रेरणा प्रदान गरेको छ  । 

 धेरै चुनौति र समस्याहरु छन् । हुनु स्वभाविक पनि हो । देशमा विसम परिस्थितिहरु आए । सिमित स्रोत, साधन र अभावहरु बीचमा हामीले गर्नुपर्ने पेशागत काम कारवाहीमा कमी हुन दिएनौ । चुनौतिलाई सामना गरेरै जनसेवामा अहोरात्र खट्यौँ । जिम्मेवारीहरु कुसलतापूर्वक निर्वाह गर्यौँ । 

 राजनीतिक संरक्षणमा  हुने गुण्डागर्दी  धेरै   नियन्त्रण  भएको  छ 

 अहिलेको प्रमुख चुनौति भनेको कसरी नागरिकलाई सुरक्षित बनाउनेनै हो । स्वाभिमानका साथ काम गर्ने वातावरण सृजना गर्नु हो । नागरिकले कसरी सुरक्षा महसुस गर्छन् ? यसमा के के अठ्ठेरा बाधाहरु बाधा र अबरोधहरु छन् ? हाम्रो तर्फबाट के गरेमा सुशासन कायम हुन्छ भन्ने विषयमा हामी असाध्यै गम्भिर भएका छौँ । नागरिकको जीवन कसरी सहज हुन्छ यसमा पनि हामी सचेत छौँ । शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्ने भन्ने कुराहरुले हामीलाई गम्भिर जिम्मेवारी बोध गराउँछ । गुण्डागर्दि र नचाईँदो क्रियाकलाप गर्ने अपराधिहरुलाई जुनसुकै हालतमा हतोत्साहित गर्न तयार छौँ । जसको लागि जुन सुकै कठोर कदम पनि चालेको छ नेपाल प्रहरीले । लाग्छ हामी सबैको चाहना हो अपराधिक क्रियाकलप नमौलाओस् । यहाँ केटाकेटीहरुले पढ्न पाउने वातावरण होस् । पेशा, व्यवसाय, उद्योग धन्दा राम्रो चलोस् राज्यका सम्पूर्ण काम निर्भय पूर्वक सम्पन्न होस् । 

sarbendra khanal

नागरिकको ज्यूधन नेपाल प्रहरीको दायित्व

हामी आँखामा पट्टी बाँधेर बसेका छैनौ । भेटेसम्म र पत्ता लगाएसम्मका सबै अपराधिलाई खोजी खोजी कारवाहि गरेका छौँ । आफ्नो दायित्व निर्वाह गर्नमा कुनै कसुर बाँकी राखेका छैनौ । यसका लागि म अडिक छु । अपराधिलाई कुनै परिस्थितिमा पनि उम्कन दिँदैनौ कारवाही गर्छौ । चाहे जस्तो सुकै चुनौति लिनु किन नपरोेस् । त्यसलाई कानुनको दायरामा ल्याएरै छाड्छौँ ।

 विगत देखिनै डनहरुलाई राजनीतिक संरक्षण दिने प्रबृत्ति मौलाएको छ । अरु डनहरुलाई त सजिलै तह लगाउन सकिएला  तर राजनीतिक नेतृत्वहरुद्धारा संरक्षित डनहरुलाई तह लगाउनको लागि निक्कै गारो छ । पछिल्लो चरणमा त्यही चुनौतिको विरुद्ध कदम पनि चाल्नु एउटा नयाँ र महत्वपूर्ण विषय हो । जनताले यसैलाई मध्यनजर  गरेरै मलाई समर्थन गरेका हुन जस्तो लाग्छ ।

राजनैतिक दल र नेताहरुको दवाव सुन्दिन 

आफ्ना नजिक भएका मान्छेहरु राम्रौ हुन्छन् भन्ने सोच नेपालका नेताहरुको पनि ठूलो कमजोरी हो । कसले के नराम्रा कर्तुतहरु गरेको छ भन्ने कुरा हामी प्रहरीलाई थाहा हुन्छ । उहाँहरुकोमा पेश हुँदा राम्रोसँग पेश भयो र मनि, मसलद्धारा आकर्षण गर्यो भन्दैमा त्यो व्यक्ति योग्य देख्नु उहाँहरुको दोषि चस्मा हो । हामीले कुनै पनि कुरामा विभेद नराखि अपराधिका कर्तुत हरुको आधारमासजाए दिन्छौँ । 
राजनीतिक रुपमा संरक्षण हुन्छ भनेर नेतागिरी गरेको फोटो खिचाएर हिड्नेहरु धेरैलाई हामीले समाति सकेका छौँ र कानुनको दायरामा ल्याई सकेका छौ । कुनै नेताहरुको नजिक भन्दैमा फटाहाहरुलाईछोड्ने भन्ने प्रश्नै उठ्दैन । सभासद् बनाईदिन्छु भन्ने देखि लिएर ठूला ठूला ढगहरुलाई थुनिसकेका छौ । त्यसकारण हामी कसैको दवाव सुन्नेवाला छैनौ ।

जान्नेले सर्बेन्द्रलाई दवाव नगर्दानै राम्रो हुन्छ । किनकी म कुनै पनि हालतमा यस्ता कुराहरुमा सम्झौता गर्नेवाला छैन । हामीलाई यस्ता कुरामा सर्वसाधरण जनताको समर्थन हुन्छ । नेताको समर्थन नहुँदैमा र उहाँहरुले दवाव  दिदैमा हामीलाई केही हुँदैन । आशा छ उहाँहरु पनि यस्ता क्रियाकलाप गर्ने मानिसहरुलाई संरक्षण दिन तयार हुनुहुन्न ।

सर्वसाधरणलाई चाहिँ कानुन लाग्ने फटाह, चोर दलालहरुलाई कानुन नलाग्ने ? यो कुनै हालतमा हुन्छ ? यस्तालाई झन् कडा भन्दा कडा कारवाही हुनुपर्छ । कानुनको दायरामा अपराध गर्ने सबैले आउनैपर्छ । अनि मात्रै समाजले न्याय पाउँछ । म कसैको कुरालाई दवाको रुपमा लिन चाहन्न ।

कसैले सोधे निर्धक्क भन्न सक्छु यो बदमास  मान्छे हो । त्यसकारण कारवाहीको भागिदार हुनै पर्छ । त्यति भन्दा पनि कारबाही नगर्न दबाब आउछ  भने मान्नै पर्छ भन्ने छैन । सबै कुरा नियम कानुनले बोल्छ मैले बोलिरहनै पर्दैन । मलाई यति मात्र थाहा छ म कुनै पनि हालतमा दवाब, प्रभावमा पर्दिन । मुलकमा राम्रो खालको समाज बनाउनु हामी सबैको दायित्व हो । नेताहरुको पनि दायित्व हो । आम नेपालीको दायित्व हो । राज्यको नियम कानुन लागु गर्नु र त्यसै अनुकुल समाजलाई चलाउनु हाम्रो पनि हामी सबैको कर्तव्य हो । कानुन भनेको सबैको लागि बराबर हुन्छ । सबैलाई समान रुपले लागु हुनुपर्छ चाहे त्यो ठूलो होस वा सानो । 

राजनैतिक दवाव धेरै आउने गरेको छ त्यो स्वभाभिक हो 

राजनैतिक दवाव  मलाई पनि नआएको होइन धेरै पटक आए । आउनु कुरा ठूलो कुरा होइन मैले यसलाई स्वभाविक रुपमा लिएको छु । हामीले नेपालको संविधानको कानुनमा जे छ त्यो लागु गर्ने हो । त्यही पनि मन्त्रालय अनुकुलको कानुन । के गर्ने के नगुर्ने भन्ने कुरा मौखिक रुपमा कोही व्यक्तिले भन्दैमा त्यो नियम कानुन बन्न सक्दैन । त्यस कारण कुनै पनि मान्छेले मेरो यो वा ऊ हो भनेको कुरा आदेश हुन्छ । कोही अमुक व्यक्तिको आदेश वा निर्देशन पालना गर्नै पर्छ भन्ने कुनै कर छैन । कानुन विपरित सबैको कुरालाई लत्याईन्छ । चाहे त्यो ठुलै प्रतिष्ठित व्यक्तित्वनै किन नहोस् । दवाव दिनु उपयुक्त होइन । समय मात्र बर्बाद हुन्छ । काम गर्ने मान्छेलाई हतोत्साहित बनाउनु हुँदैन । प्रोत्साहन हुनुपर्छ । कामगर्ने वातावरण सबैलाई हुनुपर्छ ।

अपराधीहरु समाजका दुश्मन हुन् 

चोर, डाँका, लुटेरा, तस्करहरु भनेका सबैका दुश्मन  हुन् । यीनिहरुले सबैलाई असर  गर्छन् । यी कसैका पनि मान्छे हुन सक्दैनन् । ती आफ्ना अनुकुलताका मान्छेको पावर आउँदा केही शक्तिशाली जस्ता देखिए पनि त्यस्ता झुण्डलाई ठिक लगाउन प्रहरी प्रशासनले राम्रोसँग जानेको छ । सबैलाई कानुन कानुन अनुकुल बराबर दृष्टीले हेर्नु हाम्रो दायित्व हो । कोही व्यक्ति अपराधमा संलग्न छ भने जो कोही होस हाम्रो नजरमा उस्तै हो । यसलाई छोडिन्न । दावाव आउँन त आउँछ । जागिरनै सरुवा गरिदिन्छु भन्ने सम्म पनि आउँछ । तर आफ्नो जागिरको डरले अपराध गर्ने उम्किन सक्दैन । त्यो जहाँ भए पनि यही आउने हो । राम्रो काम गर्ने मान्छेलाई सबैले राम्रै दृष्टीले हेर्छन भन्ने छैन । यो डरले देशको कानुनको कुरा छाड्ने भन्ने होइन । आफ्नो कतव्य कुसलतापूर्वक निर्वाह गर्ने हो ।

सानै देखि  समाजका लागि योगदान गर्ने सोच थियो 

स्कुल कलेज पढेदेखिनै समाजलाई केही योगदान गरौ भन्ने लाग्थ्यो । म सफल होकी होइन यो त म आफैले भन्ने कुरा होइन यहाँहरुले मुल्यांकन गर्ने हो । जे होस् पहिल्यै देखि समाजलाई केही योगदान गरौँ भन्ने थियो । समाजमा नराम्रा मान्छेहरु हिजो पनि थिए आज पनि छन् सायद भोली पनि रहन्छन् । हिजो भएका नराम्रा गुण्डाहरुले गरेको नचाईदो कुराहरु पाच्य लाग्दैन थियो । राम्रा कुराहरुमा सधै समर्थन गर्न मन लाग्थ्यो ।संघर्ष गर्दै जाँदा यहाँ आईपुगेको हुँ । अहिले त झन् प्रहरीको महत्वपूर्ण पोष्टमा बसिसकेपछि मैले गर्नुपर्ने कर्तव्य निस्फ्रिक्रि रुपमा गरिराखेको छु । त्यस कारण समाजलाई जुन किसिमको योगदान दिनु पर्ने हो दिएको छु जस्तो लाग्छ ।

प्रकाशित मिति -६ फागुन ,२०७२

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

View more

विदेश

काेरिया, EPS मजदुरले मासिक तलबको २० प्रतिशत अनिवार्य तिर्नु पर्ने ब्यबस्था लागु

कोरियन सरकार (श्रम मन्त्रालय)ले इपीएसबाट आउने प्रवासी मजदुरको खाना र बस्ने कोठाकोलागि लाग्ने खर्चको बारेमा हालै नया कार्य निर्देशिका बनाएकाे छ ।   कोरिया श्रम मन्त्रलयले गत महिना... विस्तृतमा


ख्यंगी फ्यंगथेकमा शाखा बिस्तारगर्दै प्रबासी मजदुर संगठन(MTU)

EPS कार्यक्रम मार्फत दक्षिण काेरियामा बर्षै पिच्छे नेपाली मजदुर राेजगारीकाे लागी त्यहा... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com