Header
Loading...

सांगीतिक क्षेत्रमा योजना पुरी, संघर्ष र अनुभूति  

एस एन इलामेली

नेपाली  सांगीतिक क्षेत्रमा  एउटा  परिचित र  एक  दशक  भन्दा  बढी संघर्षशील समय बिताइसकेको नाम  हो  'योजना  पुरी ।' पूर्वी  नेपालको  मोरंगमा सामान्य  गाउले परिवेशबाट  हुर्किएर  कलिलै उमेरमा सांगीतिक क्षेत्रमा लागेर  एक दशक  बढी  गुजारी सक्दा पुरीले  तिन दर्जन बढी गीतमा  स्वर दीइसकेकी छन् भने अभिनय  साथै संचारकर्मीको रुपमा तथा लोक साथै आधुनिक र देश भक्तिका गीतमा स्वर भरेर  पनि आफुलाई स्थापित गरेकी छिन ।

मनै त हो, पहाडकी छोरी, सान्नानी, घारघुर मदानी, आज भोलि  लगायत पुरीको स्वरमा सजिएका चर्चित  गीत हुन् ।

सांगीतिक क्षेत्रमा प्रवेश :

गायनमा  मात्र नभएर अभिनयमा  समेत  अब्बल पुरी सानैबाट गीत  संगीतमा रुची राख्ने र यही  रुचिलाई संघर्षपुर्ण रुपमा निरन्तरता दिएकै कारण यो अवस्थामा आईपुगेको बताउछिन । हुन त संगीतको बाटोमा  दिर्घकालिन सपना  बोकेर यात्रा   गर्नु धेरै कठिन त्यसमाथि  एउटा  महिला अझ  परिवारको जेष्ठ  सन्तान  भएपछी सबै  आफैं  सम्हाल्नु  पर्ने  महत्वपुर्ण जिम्मेवारीले  त्यो बेला  ठुलै  समस्यामा नपारेको भने होइन, तिब्र इछ्याशक्ति र  आफ्नो  अठोट पुरा  गरेरै  छोड्छु  भन्ने दरिलो  मानाशिकता सामु  अरु  कुनै  कठिनाइ  टिक्न  सकेनन  अन्ततः २०६३ सालमा  पुरीको पहिलो  गीत दमकमा  रेकर्ड  भयो ।

सञ्चार र  संगीत क्षेत्र :

नेपाली संगीत  र  सञ्चार क्षेत्रलाई संगै अघि  बढाई रहेकी  पुरी  भन्छिन : आर्जे, भिजेको समेत  भएर  काम गर्दाका अनुभव ठाउँ र  परिवेश  अनुसारका  फरक छन । रेडियो राजधानी, रेडियो  अडियो हुँदै हाल जनता रेडियोमा कार्यरत छु र  सञ्चार  क्षेत्रमै लागेको हुनाले  आफ्नो कमर्सको पढाई छोडेर मास  कम्युनिकेसनमा डिग्री गर्दैछु । ग्यान  लिने कुरामा आफुलाई  मात्र  प्रयोग र  परिक्षण गरेर  मात्र  भन्दा  पनि  अरुको हेरेर  पढेर पनि सिक्ने  बानि  बसाल्नु  पर्ने पुरीको  मान्यता छ ।

गीत  संगीत तथा मोडलिंगको  क्षेत्र नेपालको परिवेशमा तेती  सजिलो  नभएको  पुरीको भनाइ छ । गीत  सुन्दा जति  सजिलो  सुनिन्छ  गाउन, बजारमा बिकाउन   र  त्यसलाई  श्रोता सामु  प्रिय बनाउन एकदमै  कठिन छ । त्यसैले  देखेको  क्षेत्र  र  भोगेको क्षेत्र धेरै फरक छ पुरी  भन्छिन ।

सामाजिक  संजालप्रतिको दृष्टिकोण :

सामाजिक  संजाललाई अहिले  धेरै दुरुपयोग  गर्न  थालिएको छ, यो कदापि  राम्रो हुन  सक्दैन । संजालको दुरुपयोगले धेरै  विकृति आईरहेको छ । हामीले  अरुलाई नराम्रो  गर्नु  भनेको  आफ्नै  इज्जत बिगार्नु हो त्यसैले  संजालको  सहि  उपयोग  गर्नु पर्छ गलत  कदापि  गर्नु  हुँदैन, पुरी भन्छिन ।

सांगीतिक  क्षेत्र  र  आर्थिक अवस्था :

धेरै  गायक गाईकाले  सांगीतिक  बजारमा आएर  बेकार भयो  लगानी खेर  गयो उपलब्धि  सुन्य  भयो भनेर भनेको सुनिए  पनि  पुरीलाई  यो क्षेत्रमा आउनु कुनै  पछुतोको  बिषय  भएन । गीतमा होस्  या   मिडियामा  आवाज बेचेर भए पनि खान  पुगेकै छ । यो सकारात्मक नै  हो  नि हैन र ? - पुरी भन्छिन । देशमा हेर्ने  हो भने  हरेक  कुरामा सिस्टम छैन कलाकार  बिरामी  हुँदा उपचारको  लागि  चन्दा उठाउनु  पर्ने  बाध्यता  छ  त्यो  भन्दा   दुखद  अरु केहि हुन  सक्दैन त्यसैले भन्ने  बेलामा  कलाकार  देशका गहना हुन्  भनेर उनिहरुको  हितमा केहि  नगर्ने  परम्परा तोड्नु  पर्छ जसमा  सम्बन्धित  पक्षको  ध्यान  जानु  पर्छ भन्ने  उनको भनाइ  छ ।

देश  र  राजनिती :

देशको  गागारिक भैसकेपछि देशप्रति भक्तिको  भावना आउनु स्वाभाविक हो तर अहिलेको  अवस्थामा  कता कता केहि  नमिलेको  जस्तो  देखिन्छ । देश यस्तो हुनु  पर्थ्यो तर  भएन  भन्ने  गुनाशोहरु बढी  मात्रामा  देखिन्छ । राजनैतिक अस्थिरताले  केहि  पछी  पारेको, सबै पैसाकै  पछी  मात्र  लागेको  जस्तो देखिन्छ, कतिपय  अवस्थामा राजनीति पावर  र  पैसाको  खेल हो  भन्ने  बुझाइले र  सचेतनाको  कमीले  पनि समस्या  आएको  हो कि  भन्ने उनको बुझाइ छ ।

 

समग्रमा नेपाली  गीत  संगीत क्षेत्रलाई देश विदेशमा आफ्नो  पहिचान  कायम  गराउन यो  क्षेत्रमा रहेका विकृतिहरु जुन  पछिल्लो  समयमा अपाच्य जस्तै  देखिएका कतिपय  छन् यसलाई हटाउनु  पर्ने  देखिन्छ । नेपाली संस्कृति परम्परा मूल्य  मान्यतामा आंच आउने  खालका गतिविधि  हटाउदै देशको पहिचान झल्काउने कार्यमा अघि  बढ्नु  पर्ने र  यसो  गरे  मात्र  संगीत र  कला लगायत  सबै क्षेत्र सबैको प्यारो बन्ने उनको सुझाव छ ।

पुरीको 'हितैको डार्लिंगसंग' गामक एल्बमको  म्युजिक भिडियो   बजारमा आउने  तयारीमा रहेको छ जसलाई दर्शक  र श्रोतले मन पराईदिने  विस्वास पुरीको  छ ।

 

गायिका पुरीको हालसालै मात्र तीनओटा गित सार्वजनिक भइसकेका छन् । उनले 'मधु' बोलको  गित सार्वजनिक गरेकी छिन् । आगामी  दिनमा अरु  सफलता मिलोस  कान्तिपथ टीमको  तर्फा बाट  पनि शुभकामना ।

योजना  पुरीको  स्वर  भरिएका केहि  भिडियोहरु हेरौं :

पहाडकी छोरी :

 

मनै त हो  मायालु :

तिजको ब्रत :

स्वर्ग जस्तो  देश  हाम्रो :

ए शिव जी ....

 

(गाईका योजना  पुरीसंग  कान्तिपथ कर्मी एस एन इलामेलीले  गरेको  कुराकानीमा आधारित सामग्री)

 

    

 

 

 

 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

प्रधानमन्त्री महिला भलिबल प्रतियोगिता भारतको रेल्वे टोलीको पक्षमा

नेपालगन्ज । चौथो संस्करणको यहाँ सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ ।  प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले ने... विस्तृतमा


विश्व क्रिकेट लिग च्याम्पियनसिप : पहिलो खेलमै नेपाल पराजित

काठमाडौँ, आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलअघि अभ्यासको लागि भारतमा रहे... विस्तृतमा
View more

जीवन शैली

View more

शिक्षा/स्वास्थ्य

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com