Header
Loading...

खेलाडी होस् या राजनीतिकर्मी, सबैले देश र जनताको हित हुने काम गरौं - उमेश गुरुङ

जीवन संघर्षको मैदान हो, यहि मैदानमा जीवनका हरेक अनुवभ साट्दै एवं सम्हाल्दै, आफ्नो नामलाई देश, विदेशमा समेत रोशन चिनाउदै ।

क्षमता र पौरखका देखाएर युवाहरुलाइ सक्रिय गराएर खेलकुद, समाजसेवा, कलाकारिता,तथा राजनीति क्षेत्रलाइ आत्मसात गर्दै देशको समग्र विकासको परिकल्पनालाइ उजागर गर्नुपर्ने विचार बोकि युवा नेतृत्वलाई समेट्दै हरपल देशभक्तिको भावना लिई जनता र देशको बारेमा सोच्ने व्यक्ति हुन् उमेश गुरुङ ।

गुरुङसंग कान्तिपथका लागि किशोर अन्जानले गर्नुभएको अन्तरंग कुराकानी

तपाईको वाल्यकाल कस्तो थियो ?

म वाल्यावस्थामा एकदम चन्चल स्वाभाव, साह्रै जिद्दी गर्ने, खालको थिए । साथिहरुसंग भने निकै मिल्ने गर्थे भने सधैं खेल खेल्नतर्फ आतुर हुने र त्यसमा पनि साहसिक खेल खेल्न बढी नै ररुचाउने गर्थे ।

तपाईलाइ सानो छँदा के बन्छु भन्ने लाग्थ्यो ?

मलाई पढाईभन्दा पनि अलि बढी ध्यान खेलकुदमा नै थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी बन्छु जस्तो लाग्थ्यो । अझ त्यसमा पनि मलाई फुटबलमा रुचि थियो, फेरी मेरो दाई पनि फुटबल खेल्नुहुन्थ्यो । अनि दाजुभाइ एउटै खेल खेल्नुभन्दा केहि फरक र अझ साहसिक खेल 'क्यो सिन कराँते' नै खेल्न रुचि भयो । यहि खेलबाट नै मलाई देश विदेशमा चिनायो ।

खेलहरु त् अरुपनि थिए तर यहि खेल चाहिँ किन रोज्नु भयो ? 

म अरुभन्दा अलि जिद्दी स्वाभावको भएकाले अरुले गर्न नसक्ने , गर्न नजान्ने काम गर्न खोज्थे, साच्चै यो खेल विश्वमा नै प्रसिद्ध छ । यो खेलले प्रतिरक्षा गर्न सिकाउँछ र शारीरिकका सबै अंगहरु तन्दुरुस्त राख्छ । त्यति मात्र नभएर आत्माविश्वासी र साहसी बनाउछ । जसकारण मैले यो खेल रोजेँ ।

यो खेल खेल्दा पारिवारिक प्रेरणा एवं संघर्ष कस्तो थियो ?

खासमा मेरो आमाले भए यो खेल खेल्दै नखेलोस भन्ने थियो । मेरो जीउका घाउ, हातका ठेला र स – साना चोटपटक देखेर डराउनुहुन्थ्यो । यस्तो खेल्नुपर्दैन नखेल भन्नुहुन्थ्यो तर बुवा अनि दाजुभाइहरुले भने यो त् सामान्य रुपमा लिएर त्यस्तो त् भइहाल्छ नी भन्दै सपोर्ट गरिरहनुहुन्थ्यो । खेल खेल्दा कस्टकर थियो, कहिले धेरै हिड्नुपर्थ्यो । गाडी चढ्न पाईदैनथ्यो, भाडा नभएर । साथै भनेको कस्तो डाइट पनि खान नपाइने... समस्याहरु भइरहन्थे ।

तपाईले खेल खेलिसकेपछिको अवस्थामा के – कस्ता उपलब्धि हासिल गर्नुभयो ? 

२०५६ सालमा भएको राष्ट्रिय गेममा वेस्ट टुर्नामेन्ट च्याम्पियनसिपको उपाधि हात पारे । त्यो मेरालागि सबैभन्दा ठुलो राष्ट्रिय स्तरको ठुलो उपलब्धि थियो । त्यस्तै २०५४ सालमा भएको नेशनल गेममा मेरो साथी गोविन्द श्रेष्ठसंग खेल खेल्दा रिंगभित्र मेरो किक लागेर नकआउट भएको थियो, त्यो क्षण मेला लागि निकै दुखद क्षण बन्न पुग्यो । मैले उपाधि जितेपनि साथी घाइते भएकोमा दुखित भएको थिए ।

त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा २० वटाजति खेल खेले । जसमध्ये १४ /१५ वटामा विनर नै बनेको छु । साथै म जापानमा बस्दा रसिएन गेममा पनि सहभागी भएको हुने अवसर पाए , जापानमा राष्ट्रिय स्तरको गेममा पनि मैले गोल्ड मेडल हासिल गरे । यसलाई पनि ठुलो उपलब्धिको रुपमा लिएको छु ।

 

तपाईको विचारमा समाजसेवा के हो ? र तपाई समाजसेवा किन गर्नुहुन्छ ?
समाजसेवा जनताको सेवा गर्ने काम हो । सामाजिक, आर्थिक,साँस्कृतिक सबै तहबाट जनताको हित हुने, सहयोग पुग्ने काम नै समाजसेवा जस्तो लाग्छ । यसो गर्दा मेरो मनलाई आनन्द लाग्छ, मन प्रसन्न हुन्छ ।

अरुको सेवा गर्दा पुण्य कमाउनुका साथै जीवन नै आनन्दमय भएको अनुभूति हुन्छ । त्यसैले यसलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्छ, यो हामी सबैको कर्तव्य पनि हो ।

फेरी तपाई कलाकारितातिर पनि हुनुहुन्छ । कसरी के – के गर्नुहुन्छ ?

मैले खेल खेलिरहँदा मेरो खेलको प्रभाव, शारीरिक बनावटका साथै खेलमा राम्रो छाप भएका कारण पनि होला साथीभाइहरुको उत्साह र प्रेरणा रहिरह्यो र यँहासम्म गर्न सकियो । हो खेलका अलावा मैले ५/६ वटा म्युजिक भिडीयो, बिभिन्न विज्ञापन तथा फिल्ममा समेत काम गरेको छु ।



अहिले त् तपाई नेपाल तरुण दलको केन्द्रीय प्रतिनिधि पनि भइसक्नु भयो ? राजनीतिकतर्फ कसरि लाग्नुभयो ? अथवा खेलाडीहरुको पनि राजनितिकतर्फ चाँसो हुनु त् स्वाभाविक होला तर सहभागिता नै किन ?

म राजनितिमा सहभागी हुनुको कारण भनेको समाजसेवा गर्नकै लागि हो । युवावर्ग र नेतृत्वलाई सुधार्न, बेरोजगारी समस्या समाधान गर्न, सामाजिक परिवर्तन गर्न, खेल जगतलाई सुधार गर्नुका साथै समग्र देश विकासका लागि काम गर्न नै म राजनीतितिर लागे । 

 

धेरै खेलाडीहरुले राजनीति मन पराएको देखिदैन तर तपाई कुनै एक पार्टीको झण्डामुनि किन ?

राजनिति धेरै खेलाडीहरुले मन नपराउने कुरा आफ्नो ठाउँमा होला । तर जोकोहि व्यक्तिको लगाव कुनै न कुनै पार्टीसँग हुन्छ नै । म भने समग्र खेल जगतको विकासका लागि यसको नेतृत्व गर्दै कटिबद्ध भएर लागिरहेको छु ।

बाहिर विदेशतिर तपाईजस्तो राष्ट्रिय खेलाडीहरुलाई सम्मानित तरिकाले बाँच्न त् सजिलै छ तर नेपालको सन्दर्भमा खेलाडी आफ्नै पेशाबाट मात्र बाँच्नसक्ने आधार चाहिँ कहिले बन्न सक्ला ?

नेपालमा नै केहि गर्नसक्यो भने त् हुन्छ, खेलकुद विकासका लागि खेल जीवनकालबाट आएको मान्छे नै लाग्नुपर्ने हुन्छ । सबै खेलहरुलाई सम्मानपूर्वक आयोजना गर्ने अवसर सिर्जना गरिनुपर्छ । बिभिन्न प्रतियोगिताहरु संचालन खेलाडीहरुलाई बाहिर जान नदिने वातावरण बनाउनु पर्छ । खेलाडीहरुका लागि खेल नै सबैथोक हो भनेर सरकारले बुझेर स्थानीय स्तरबाटै खेल्ने माहोल तयार पार्नुपर्छ । यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भरपुर तयारीका साथ भाग लिन सकियो भने समग्र खेल क्षेत्रको विकास हुनसक्छ ।

अन्त्यमा यो खेलकुद,समाजसेवा, कलाकारिता र राजनितिमा आउँन इच्छुक र आउदै गरेका युवाहरुलाई के सल्लाह दिनुहुन्छ ?

हामी जो – जुनसुकै क्षेत्रमा लागेपनि आ- आफ्नो क्षेत्रमा राम्रोसँग अगाडी बढ्न र आफ्नो पहिचान बनाउन आवश्यक छ । अनि मात्रै तपाई हामीलाई सबैले राम्रो नजरले हेर्छन र सम्मान गर्छन् । सधैं देश र जनताको हित हुने काम गरौं, । खेल जगतलगाएत अन्य विषयमा मेरो धारणा राख्ने मौका दिनुभएकोमा किशोर जी यँहा लगाएत कान्तिपथ टिमलाई धन्यवाद, जय नेपाल !!

२०७३ भदौ २२ मा प्रकाशित ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

View more

विदेश

काेरिया, EPS मजदुरले मासिक तलबको २० प्रतिशत अनिवार्य तिर्नु पर्ने ब्यबस्था लागु

कोरियन सरकार (श्रम मन्त्रालय)ले इपीएसबाट आउने प्रवासी मजदुरको खाना र बस्ने कोठाकोलागि लाग्ने खर्चको बारेमा हालै नया कार्य निर्देशिका बनाएकाे छ ।   कोरिया श्रम मन्त्रलयले गत महिना... विस्तृतमा


ख्यंगी फ्यंगथेकमा शाखा बिस्तारगर्दै प्रबासी मजदुर संगठन(MTU)

EPS कार्यक्रम मार्फत दक्षिण काेरियामा बर्षै पिच्छे नेपाली मजदुर राेजगारीकाे लागी त्यहा... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com