Header
Loading...

आजबाट फोर जी सेवा सुरु

4gकाठमाडौं, १७ पुस | नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो । 

तत्कालका लागि यो सेवा काठमाडौंमा झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले यो सुविधा चलाउन सक्नेछन् । फोर जी सेवा बिस्तारै अरु शहरमा पनि बिस्तार गरिने टेलिकमले जनाएको छ । यो सेवा शुरु भएपछि मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्तालाई धेरै फाइदा पुग्ने टेलिकमले जनाएको छ । 

अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्युनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् । 

काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।

फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने

काठमाडौं – महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको खबर आजको नागरिकमा छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रम... विस्तृतमा


डन्डिफोर किन आउँछ ?

छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्ड... विस्तृतमा
View more

मनोरन्जन

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com