Header
Loading...

विश्वकै शौखिन सुल्तान : सुनको जहाजमा घुम्दछन्, सुनको घरमा बस्छन

एजेन्सी, १९ पुस | यो दुनियाँमा शौखिन मानिसहरुको कमी छैन तर शौख पूरा गर्न सबैले कहाँ पाउँछन् र ? जो सँग टन्न गाँठ छ, उसले मात्र आफ्नो शौख पूरा गर्न सक्दछ । ब्रुनाईका सुल्तान हसनल बालकिया पनि दुनियाँका शौखिन तथा विलासी मानिसमा गनिन्छन् । ब्रुनाईका सुल्तान हसनल देशका ठूला व्यवसायी पनि हुन् । त्यसैले उनीसँग धनसम्पत्तिको कमी हुने कुरा भएन ।

उनलाई आफ्नो धनसम्पत्ति देखाउने ठूलो शौख छ । उनी सुनको जहाजमा घुम्दछन् । उनको नुरल प्यालेस नामक राजमहल पनि सुनजडित छ । यो दरबार २६ लाख वर्ग फिटमा बनेको छ । उक्त दरबार बनाउन ३८ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको बताइन्छ । सन् १९८४ मा बनेको उक्त महलमा १ हजार ७ सय ८८ वटा कोठा छन् । त्यसमा २ सय ५७ वटा त बाथरुम नै छन् ।

दरबारमा रहेको गुम्बज २२ क्यारेट सुनबाट बनाइएको छ । साथै दरबार परिसरमा १ सय १० वटा कार पार्किंग गर्न मिल्ने ठाउँ छ । साथै घोडचढीमा प्रयोग हुने २ सय घोडा राख्न मिल्ने एयर कन्डिसनयुक्त तबेला छ । साथै दरबार परिसरमा ५ वटा स्विमिंग पुल समेत रहेका छन् 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

विज्ञान/प्रविधि

View more

जीवन शैली

आज ग्याल्पो ल्होसार पर्व मनाउँदै

काठमाडौं  । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर... विस्तृतमा


धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्न चाहन्छन

विराटनगर – नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्ने चाहना गरे... विस्तृतमा
View more

मनोरन्जन

View all

शिक्षा/स्वास्थ्य

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com