Header
Loading...

बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाए

काठमाडौं, २० पुस ।

गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला छन् ।

अघिल्लो वर्ष बहराइनमा १० जना नेपालीले ज्यान गुमाएका थिए । हृदयघात, मस्तिष्क पक्षघात तथा ‘सडेन कार्डियक एरेस्ट’ (सुतेको सुतै भएर ज्यान गएको) भएर ज्यान गुमाउनेको संख्या सबै भन्दा बढी छ ।

सुतै भएर ६ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाएका दुई महिलाले झुण्डिएर आत्महत्या गरेका हुन । बाँकी तीन जनामध्ये एक जनाको उच्चरक्तचाप , एक जनाको मस्तिस्क पक्षघात र अर्का एकको मिर्गाैलामा आएको खराबीका कारण ज्यान गएको हो । 

ज्यान गुमाउनेमा टिम्मा ९ खोटाङका शुभराज राई, बक्लौरी १ सुनसरीका खड्ग बहादुर खड्का, बानेथोक देउराली ८ स्याङ्जाका टोप बहादुर मास्के, बेलबारी ३ मोरङकी रिता धिमाल, पुतली बजार १३ स्याङ्जाकी निता नेपाली रहेका छन् ।

त्यसैगरी बक्लौरी ४ सुनसरीका जीत बहादुर राई, रामेछापका रत्नबहादुर सुनुवार, खोटाङका चुडामनी प्रधान, काठमाडौंका मनोज थापा मगर, बाँकेका नरबहादुर राना, स्याङ्जाका उर्जासिङ थापाको ज्यान गएको नेपाली दूतवासले जनाएको छ । 

बहराइन नेपाली कामदारको आकर्षक गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । तर कति नेपाली कार्यरत छन् भन्ने यकिन तथ्याङ्क छैन । दूतावासले कामदारसँग सम्बन्धित गतिविधी गर्दै आएको र कामदारलाई सचेत गराउने गर्दै आएको बहराइनका लागि कार्यवाहक राजदूत खगराज पाण्डेले बताए । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा


उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै

काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन्।  स्... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com