Header
Loading...

३३ किलो सुन प्रकरण : छानविन समिति गठन, २९ जना कर्मचारी जिम्मेवार बिहिन

काठमाडौं,२२ पुस ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ३३ किलो सुन बाहिरिएको बारेमा छानविन गर्न पाँच सदस्य छानविन समिति गठन गरिएको छ । विमानस्थलका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्तोमा पाँच सदस्य छानविन समिति गठन गरिएको हो । 

समितिमा दाहालसहित कुलराज ज्ञवाली, टंक पाण्डे, कानुन मन्त्रालयका एक जना प्रतिनिधि र भन्सार अधिकृत पुन्यविक्रम खड्का छन् । समितिले विमानस्थलमा खटिएका भन्सार विभागका २९ जना कर्मचारीलाई जिम्मेवार बिहिन बनाएर अनुसन्धान सुरु गरेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले जानकारी दिए।

समितिले १० दिन छानविन गरेर प्रतिवेद बुझाउनु पर्नेछ । दुबईबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन हिजो विमानस्थलको भन्सारबाट तस्करले छुटाएर बाहिर निकालेका थिए । तर विमानस्थलबाट निकालिएको त्यो सुन प्रहरीले गौशालामा समातेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्ने छानविनलाई पनि सहयोग गर्ने र आन्तरिक छानविन पनि सँगै अघि बढाउने उनले बताए । उनकाअनुसार कर्मचारीले सुन तस्करसँग सेटिङ गरेको पाइए विभागीय कारवाही गरिनेछ ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा


उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै

काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन्।  स्... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com