Header
Loading...

अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई सहयोग गर्न रुसी राष्ट्रपति पुटिनको निर्देशन

एजेन्सी, २३ पुस ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउने गरी सहयोग गर्न निर्देशन दिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा दखल दिने काम भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पुटिनले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई नोक्सानी हुने र ट्रम्पले जित्ने गरी अभियाना चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ ।

पुटिनको निर्देशनमा भएको अभियान अन्तर्गत डेमोक्र्याटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै रुसी अभियान अन्तर्गत क्लिन्टनको चुनावी अभियान व्यवस्थापन प्रमुख जोन पोडेस्टासहित क्लिन्टनका नजिकका सहयोगीको पनि इमेल ह्याक भएको थियो ।

रुसले लामो प्रयासपछि अमेरिकी स्वतन्त्र प्रजातान्त्रिक व्यवस्थालाई कमाजोर पार्न प्रयास गरेको गुप्तचर विभागको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी गुप्तचर विभागले पहिलो पटक राष्ट्रपतीय चुनावमा रुसले गरेको ह्याकिङ तथा त्यसको उद्देश्यसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

रिपोर्टमा भनिएको छ ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतीय चुनावलाई प्रभावित पार्ने गरि अभियान चलाउन निर्देशन दिएको प्रष्ट भएको छ । अमेरिकी नागरिकबाट प्रजातान्त्रिक प्रक्रियामाथिको विश्वास उठाउनु, हिलारी क्लिन्टनलाई बदनाम गर्नु र उनको चुनावी अभियानालाई प्रभाव पारी राष्ट्रपतिनामा निर्वाचित हुन नदिनु रुसको उद्देश्य रहेको पाइयो । यस्तै रुसी सरकारले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई सयोग गर्न चाहेको पनि प्रष्ट भएको छ ।’

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार... विस्तृतमा


फेसबुककै कारण ४७ लाख गुमाए

चितवन। पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको द... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com