Header
Loading...

उल्का पिण्ड ठोकिँदा बनेको ताल, रहस्यमै छ किन पानीमा आइरहन्छ बदलाव ?

 भौगोलिक विविधताका कारण संसारमा विभिन्न रहस्यहरु भेटिएका छन् । त्यस्तै भारतको एक तालले पनि रहस्य बोकेको छ । महाराष्ट्रको बुलाढाणामा अवस्थित लुनार तालले भूगर्भविद्हरुलाई समेत अचम्मित पारेको छ ।

वैज्ञानिकहरुलाई मान्ने हो भने यो ताल उल्का पिण्ड खसेर बनेको हो । करीब दश लाख टन तौलको उल्का पिण्ड खसेर ताल बनेको बताइएको छ । यो  तालको पानीले बेलाबेलामा हलचल समेत ल्याउने गरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

यस तालको गहिराइ पाँच सय मिटर रहेको छ भने १.८ घनमिटर क्षेत्रमा फैलिएको छ । यस तालको पानीको रंग समय-समयमा परिवर्तन भइरहन्छ । किन पानी परिवर्तन भइरहन्छ ? यसबारे धेरै अनुसन्धान भएपनि यसको खास रहस्य भने अझै पत्ता लाग्न सकेको छैन ।

लुनार तालले ऐतिहासिक महत्व बोकेको बताइएको छ । यसको बारेमा स्कंद पुराण, पद्म पुराण र ऐन ई अकबरीमा उल्लेख छ ।ताल वरिपरी केही प्राचिन मन्दिरको अवशेष छ ।  सन् १८२३ मा ब्रिटिश अफसर जे. ई अलेक्सएंडर त्यहाँ पुगेपछि यो ताल पत्ता लागेको हो । एजेन्सी ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

विज्ञान/प्रविधि

View more

जीवन शैली

आज ग्याल्पो ल्होसार पर्व मनाउँदै

काठमाडौं  । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर... विस्तृतमा


धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्न चाहन्छन

विराटनगर – नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्ने चाहना गरे... विस्तृतमा
View more

मनोरन्जन

View all

शिक्षा/स्वास्थ्य

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com