Header
Loading...

अत्याधिक चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

रुकुम, २४ पुस ।

लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि रुकुम जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् ।

सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै सङ्ख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले जानकारी दिए ।

जिल्लामा सञ्चालन भइरहेका विद्यालयले अर्धवार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेको उहाँले बताउनुभयो । यहाँका बोर्डिङ स्कुल भने सञ्चालनमा रहेका छन् ।

रुकुममा अहिले ६५० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । केही पहिले पानीसँगै हिमपात भएपछि अहिले जिल्लामा जाडो बढ्दै गएपछि सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति पनि न्यून देखिएको छ ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा


उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै

काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन्।  स्... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com