Header
Loading...

पोर्चुगल प्रजातन्त्रका पिता मारियोको निधन

एजेन्सी, २४ पुस ।

पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ । 

पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनको नेतृत्व गरेका सोएरिस सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलको प्रधानमन्त्री थिए । उनी सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति बने ।

उनलाई गएको महिना स्वास्थ्यमा समस्या देखिएपछि लिस्बोनको अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि उनी कोमामा गएका र कोमामै रहेका बेला उनको निधन भएको अस्पतालले जनाएको छ । 

उनको निधानका बारेमा थप विवरण भने अस्पतालले दिएको छैन । उनले सन् १९७४ मा भएको कारनेशन रिभोलुसनमा मुख्य भुमिका खेलेका थिए । यो आन्दोलनले ४८ वर्ष लामो सालाजर निरंकुश शासन अन्त्य गरेको थियो ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार... विस्तृतमा


फेसबुककै कारण ४७ लाख गुमाए

चितवन। पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको द... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com