Header
Loading...

दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिता आजदेखि

काठमाडौं, २६ पुस ।

दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ ।  

समूह ‘ए’ मा रहेको पुलिसले आफ्नै समूहको हिमालयन क्रिकेट एकेडेमीसँग खेल्न लागेको हो । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुनेछ । यस्तै अर्को खेलमा समूह ‘बी’ का त्रिभुवन आर्मी क्लबले न्यु राइजिङ स्टार क्लबको सामना गर्नेछ ।

रुस्लान कप क्रिकेट प्रतियोगितामा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पुलिस, हिमालयन एकेडेमी, हिमालयन ह्वाइट हाउस कलेज, पिसी फाइटर, न्यु होराइजन किकेट क्लब भैरहवा, कुलेश्वर क्रिकेट क्लब, नेपाली राइनोज, सशस्त्र प्रहरी बल (एपिएफ) छन् ।

त्यसैगरी समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, न्यु राइजिङ स्टार, खहरी क्रिकेट क्लब धादिङ, रोयल पिसी फाइटर, एसपिए धनगढी, अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज, रुस्लान केसिटिसी र क्यानोन क्रिकेट क्लब छन् ।

प्रतियोगितामा दुवै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले दुई लाख रुपैयाँ पाउने छन् । त्यसैगरी सेमिफाइनमा प्रवेश गर्ने दुई टोलीले जनही २५ हजार रुपैयाँ पाउने छ ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

अमिताभले छोरा र छोरीलाई बराबर सम्पती बाँडिदिए

नायक अमिताभ बच्चनले सामाजिक संजालमा पोष्ट गरेका स्टाटस र तस्बिरले लाखौ कमेन्ट र लाइक पाएका छन् । यतिमात्र होइन, अमिताभको स्टाटस र तस्बिरले लाखौलाई प्रेरणा पनि दिएको हुन्छ । उनै, अमिताभ बच्चनले... विस्तृतमा


सिन्की अचार... पनि रिमेक भर्सनमा ।

नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम... विस्तृतमा
View more

रोचक/ विचित्र

View more

विदेश

View more

जीवन शैली

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com