Header
Loading...

सात महिनादेखि बीस नेपाली युवा भारतीय जेलमा

कञ्चनपुर, २६ पुस ।

भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् ।

मजदुरीे गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले उनीहरुलाई असार महिनादेखि उनास्थित जेलमा राखेको हो ।  

 जेलमा पर्नेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र देखतभूली गाविसका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउदलगायत २० जना भन्दा बढी रहेका छन् ।

भारतीय जेलमा रहेका आफन्तलाई भेटेर फर्केका कर्णबहादुर साउदले मजदुरीको पैसा बढाउनु पर्ने माग राखेकै हडताल गर्न खोजेको आरोपमा  उनीहरुलाई जेलमा राखिएको बताए ।

जेलमा राखिएका सबै नेपाली निर्दोष रहेकाले उनीहरुको रिहाइका लागि नेपाल सरकार र भारतमा रहेको नेपाली राजदूतावासले यथाशीघ्र पहल गर्नुपर्ने उनले बताए । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा बिहीबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार... विस्तृतमा


फेसबुककै कारण ४७ लाख गुमाए

चितवन। पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको द... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com