Header
Loading...

नेशनल लाइफकाे एफपिअाे- सहि। गलत, एक बिश्लेशण

सन्दिल श्रेष्ठ

लगानीकर्तालाई निक्कै अत्याउने गरि घटेको नेप्से परिसूचकमा केहि सुधार आएसँगै नेपाल लाइफ इन्सुरेन्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) यहि पौष २७ गते खुल्दैछ ।

Technical analysis, NGL

शेयरमा सोचेर मात्रै लगानी गर्नुपर्छ भन्ने कुरा व्यवहारिक रुपमा नै भर्खरै पुष्टि भएको परिप्रेक्ष्यमा हामीले प्रतिकित्ता सेयर २५०० रूपयाँको हाराहारीमा कारोबार भैरहेको नेपाल लाइफको समग्र कम्पनि विश्लेषण गरेका छौ । यो कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गर्न लागेको छ। हाम्रो बिश्वास छ, यो विश्लेषणले तपाईलाई नेपाल लाइफ इन्सुरेन्सको एफपीओ खरिदका सम्बन्धमा निर्णय गर्न सहयोग गर्नेछ ।

Quarterly-report-NGL

प्राय लाइफ इन्स्योरेन्स कम्पनीहरु जसले वर्षिक रुपमा लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका छैनन् वा कुनै कारणवश गर्न सकिरहेका छनन् । त्यस्ता कम्पनीहरुको वासलातमा (Balance sheet) Accumulative Profit देखिन जान्छ, त्यस कारण प्रतिशेयर आम्दानी तथा मुल्य आम्दानी अनुपात उच्च देखिन जान्छ । नेपाल लाइफ इन्स्योरेन्सको सन्दर्भमा पहिलो त्रैमासको वासलातमा Valuation Profit उल्लेख गरिएको देखिदैन । जसको कारण खुद मुनाफा अझै सकारात्मक हुने स्पष्ट संकेत देखिएको छ ।

Comparative=analysis-chart-NGL

 

लगातार घटिरहेको नेप्से परिसूचक पछिल्लो समय सुधार भए पनि नेपाल लाइफको त्यति ठुलो सुधार भएको छैन । मैनबत्ती विश्लेषणको आधारमा सानो सानो मैनबत्तीआकृति बनेर कारोबार भैरहेको छ । यसले पनि त्यति उतारचढ़ाव संभावना छैन् । ट्रेंड लाईनले तथा शेयर कारोबार संख्याले पनि थोरै वियरिस मोमेंटम नै छ । लीडिंग इंडिकेटर १४ दिने रिलेटिभ स्ट्रेंथ ३६ को स्केलबाट ३२ स्केल घटेको  छ । बजार मूल्यको भोलटिलिटी मापन गर्ने बोलिंजर बण्ड खुचिएको छ. तल्लो बण्डको स्पोर्ट पाएर केहि वृद्धि देखिए पनि बोलिंजर बण्ड घट्दो खुम्च्याईले पनि बढ़ने संभावना कम छ । तत्कालको लागि नेपाल लाईफ इन्सुरेंसको अवरोध ३ हजार २ सय र टेवा २ हजार ३ सय ५०को तहमा रहेको छ ।(अार्थिकन्युजबाट सन्दिल श्रेष्ठ)

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढायो

काठमाडौं— नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा... विस्तृतमा


मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा &lsq... विस्तृतमा
View more

विज्ञान/प्रविधि

View more

कला साहित्य

View more

शिक्षा/स्वास्थ्य

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com