Header
Loading...

पुननिर्माण प्राधिकरणको सिईओ ज्ञवाली बर्खास्त, डा. पोख्रेल नियुक्त

काठमाडौं, २७ पुस ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।

प्युठान रस्पुरकोट निवासी डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो ।

काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको स्पष्टीकरण बुझाएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो ।

ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा


उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै

काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन्।  स्... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com