Header
Loading...

देश एकीकरण गर्ने व्यक्तिको सन्दर्भमा राज्यले बिदा नदिनु संकीर्णता : माधव नेपाल

काठमाडौं, २७ पुस ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देशको संकटपूर्ण अवस्थामा पृथ्वीनारायण शाहको एकताको मर्म अझ सान्दर्भिक भएको बताएका छन् । देशको एकीकरण गर्न उनले खेलेको भूमिका बिर्सेर नकारात्मक पात्रको रुपमा उभ्याउनु अनुचित भएको पनि नेपालले बताए ।

पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको विशेष प्रवचन कार्यक्रममा नेता नेपालले साना-साना कुरामा बग्रेल्ती बिदा हुने देशमा एकीकरण गर्नेर् व्यक्तित्वको सन्दर्भमा राज्यले बिदा नदिनु संकीर्णता भएको टिप्पणी गरे ।

भौगोलिक सीमाना, जनसंख्या, सैन्य शक्ति लगायत सबै हिसाबले नेपाल सानै भएकाले नेपालको बलियो पक्ष देशभक्तिको भावनालाई बचाइराख्नु चुनौतीपूर्ण भएको उनले बताए । पछिल्लो समय जातीय र क्षेत्रीय भावना फैलिएको भन्दै उनले यसलाई ठीक ढंगले डिल गर्न सकिएन भने यो आगोले स्वाहा पार्ने बताए ।

छिमेकी मुलुकले स्वार्थ राखिरहँदा त्यो खतराको घन्टी बुझेर पाइला चाल्नुपर्नेमा उनले जोड दिए । संवेदनशील भएर सबै जातिबीचको एकतालाई प्रवर्द्धन गर्न समेत उनले आह्वान गरे ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

मापदण्ड पूरा नगरी ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु

काठमाडौ – शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको खबर आजको अन्नपूर्ण पोष्टमा छ... विस्तृतमा


उपत्यकामा मेट्रो सिटीको अवधारणा ल्याइँदै

काठमाडौँ उपत्यकामा रहेका २२ वटा हालको नगरपालिका एउटै संरचना मेट्रो सिटीभित्र रहने भएका छन्।  स्... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com