Header
Loading...

भारतमा निर्भर नेपालीको प्रेम दिवस !

काठमाडौँ | प्रेम प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । 

kantipathnews-rose

ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए। उनका अनुसार पछिल्लो समय नेपालमा पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि हुँदै गए पनि आत्मनिर्भर बन्न सकेको अवस्था छैन ।  
 
प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि अझै  खपत हुने फूलको करिब १८ प्रतिशत अन्य मुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । “बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतबाट फूल ल्याउन आवश्यक छ” श्रेष्ठले भने, “थोरै अभाव भए मात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य उच्च दरमा बढाउँछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।”
 
गुलाब भारतबाट आयात गर्दा प्रतिस्टिक रु ३० देखि ३५ सम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा उपभोक्ताले रु ४० देखि १०० भन्दा बढी मूल्यमा किन्नुपर्ने अवस्था नआउने एसोसिएसनले जनाएको छ । हरेक वर्ष फेब्रुअरी १४ माका प्रणय दिवस(भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । 
 
दुई लाख स्टिक रातो गुलाब 
यस वर्षको प्रेम दिवसका लागि दुई लाख स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । खपत हुने गुलाबमध्ये एक लाख स्वदेशी उत्पादन हुनेछ भने बाँकी एक लाख भारतबाट ल्याइने छ । गत वर्ष पनि सोही अनुपातमा गुलाबको कारोबार भएको थियो । हरेक वर्ष रु एक करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ ।
 
काठमाडौँ उपत्यका र चितवनमा विशेषगरी रातो गुलाबको व्यावसायिक रुपमा खेती हुँदै आएको छ । नेपालमा वार्षिक रुपमा रु डेढ अर्बको फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताउँछन्।
 
प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी  फूलमा आत्मनिर्भर  बनिसकेको छ । अस्ट्रेलिया र  मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।   
 
पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा छ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । 
 
नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ,  मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

प्रकासित मिति : २०७३ माघ २५ गते 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

विज्ञान/प्रविधि

View more

जीवन शैली

आज ग्याल्पो ल्होसार पर्व मनाउँदै

काठमाडौं  । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर... विस्तृतमा


धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्न चाहन्छन

विराटनगर – नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्ने चाहना गरे... विस्तृतमा
View more

मनोरन्जन

View all

शिक्षा/स्वास्थ्य

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com