Header

अर्थ बाणिज्य

दशवटा शहरको भौतिक पूर्वाधार निर्माण शुरु

निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दशवटा शहरको भौतिक पूर्वाधार निर्माण शुरु भएको छ।  नयाँ शहर विकास आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दश वटा शहरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार निर्माणको काम शुरु भइसकेको जानकारी दिए... विस्तृतमा

सुनको मूल्य बढ्यो

आज  मंगलबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५५ हजार ६  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले बढेर प्रति तोला ५५ हजार ७ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा १  सयले बढेर प्रति तोला... विस्तृतमा

मनाङ जोड्ने एकमात्र सडक ३ साता बन्द हुने

हिमालपारिको जिल्ला मनाङ जोड्ने एकमात्र सडक तीन साता बन्द हुने भएको छ ।   बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो । सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ... विस्तृतमा

मनास्लु बैंकको शाखा मनकामनामा

देशकै प्रसिद्व धार्मिक तथा ऐतिहासिक तिर्थ स्थल गोरखाको मनकामनामा मनास्लु बिकास बैंकले शाखा विस्तार गरेको छ । मनकामनामा रहेको यो शाखा सहित मनास्लुको अहिले सम्म १० शाखा भएको छ । केन्द्रिय कार्यालय गोरखा बजारमा रहेको मनास्लु विकास बैंकले गोरखा, तनहुँ र चितवनमा शाखा विस्तार गर्न पाउने गरी राष्ट्र ब... विस्तृतमा

सिँचाइ सुविधा उपलब्ध भएपछि जीवनस्तरमा परिवर्तन

हिजोसम्म व्यावसायिक रुपमा लागुऔषध गाँजाखेती गर्ने बारा, पर्साका किसान अहिले सिँचाइ सुविधा उपलब्ध भएपछि अन्न बाली तथा तरकारी खेती गरी आर्थिक लाभ लिन थालेका छन् ।  नेपाल सरकारले भूमिगत जल विकास डिभिजन कार्यालय वीरगन्जमार्फत बाँझो जग्गामा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने नीतिअनुरुप बारा, पर... विस्तृतमा

बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक

काठमाडौँ । सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक रहेको देखिएको छ ।  आव २०७३÷७४ को पुस मसान्तसम्म रु एक खर्ब ३८ अर्ब कुल निक्षेप सङ्कलन गरेको उक्त बैंकले सोही अवधिमा रु सात अर्ब ७४ करोड मात्र किसानलाई ऋण प्रवाह गरेको छ । यो लगानी कुल निक्ष... विस्तृतमा

कर्णाली करिडोर सडक निर्माण कार्य तीव्रता

कालीकोट । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।  यो करिडोर अन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य अहिले तीव्रगतिमा भ... विस्तृतमा

मेची पुलको निर्माण कार्य पूरा हुन नसक्दा समस्या

भद्रपुर । झापा जिल्लाको उच्च प्राथमिकतामा रहेको भद्रपुर नगरपालिकास्थितको मेची पुलको निर्माण कार्य पूरा हुन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले समस्या झेलिरहेका छन् ।  अनक–सूर्या जेवीले २०७१ पुस २७ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०६६ पुस २९ मा रु ३७ करोड ३६ लाख ८५... विस्तृतमा

जिग्री र पाँडे बनाउँदैछन् सप्तरीमा दृष्टिविहीनका लागि घर

काठमाडौं। हास्यकलाकार जोडी कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् । जिग्री प... विस्तृतमा

 'राष्ट्रिय बाणिज्य बैंक' र 'एनआइडीसी डभेलपमेन्ट बैंक' मर्ज हुने

सरकारी स्वामित्वका दुई बैंक  'राष्ट्रिय बाणिज्य बैंक' र 'एनआइडीसी डभेलपमेन्ट बैंक' एक आपसमा मर्ज हुने भएका छन् । अर्थमन्त्री कृष्ण बहादुर महराले  मर्जको अन्तिम निर्णय अबको मन्त्रिपरिषद बैठकले गर्ने बताएका छन् । सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२ औ व... विस्तृतमा

भक्तपुरका ६ वटा नगरपालिकामा भूकम्पपीडित अनुदान वितरण गरिने

भक्तपुर, ९ माघ । भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही)लाई भोलि सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण गरिने भएको छ ।  जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड तोकिएको बैंकमार्फत भोलिदेखि वितरण कार्य सुरु हुने भक्तपुरका स्थानीय विकास अधिकारी धुव... विस्तृतमा

सुनचादिको मूल्य बढ्यो !

काठमाडौँ, ९ माघ | आज आइतबार दुवै खाले छापावाल सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार २  सयमा कारोबार भएको  ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा २ सयले बढ... विस्तृतमा

धुलाम्मे बनेपछि बनेपा– पनौती सडक आजदेखि अवरुद्ध

काभ्रेपलाञ्चोक, ९ माघ । बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ ।  सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेख... विस्तृतमा

बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै

मुस्ताङ, ९ माघ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ ।  सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्च... विस्तृतमा

फेरि विमानस्थलमा समातियो सुन, बंगलादेशी पक्राउ

काठमाडौं, ८ माघ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो । उनले आफूसँग स... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com