Header

विदेश

ओसामा बिन लादेनका छोरा आतंककारीको सूचीमा सामेल

वासिंटन, २२ पुस । अमेरिकाले ओसामा बिन लादेनका २० वर्षीय छोरा हमजा बिन लादेनलाई आतंककारीको सूचीमा राखेको छ ।  हमजा आतंककारी गतिविधिमा सक्रिय रुपमा सहभागी रहेकाले उनलाई कालोसूचीमा राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । हमजाले अब अमेरिकी कुनै पनि कम्पनीसँग व्यावसायिक सम्झौता गर्न... विस्तृतमा

राष्ट्रपति चुनावमा रुसले देखाएको चासोबारे आगामी साता खुलासा गरिने

वासिंटान, २२ पुस । अमेरिकी गुप्तचर विभागका प्रमुख जनरल जेम्स क्लेपरले रुसले अमेरिकी राष्ट्रपतिको चुनावमा दिएको चासोबारे खुलासा गर्ने बताएका छन् ।  अमेरिकी चुनावका बेला भएको भनिएको रुसी हस्तक्षेपका बारेमा क्लेपरले राष्ट्रपति बाराक ओबामालाई प्रतिवेदन बुझाएका छन् । उनले रुसी राष्ट्रपति... विस्तृतमा

चीनको बालबालिका स्कुलमा अन्धाधुन्ध चक्कु प्रहार, ११ जना घाइते

काठमाडौं, २१ पुस । चीनमा एक व्यक्तिले बालबालिकाको विद्यालयमा पसेर अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ११ जना बालबालिका घाइते भएका छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । चीनको गुआङ्गजी प्रान्तमा रहेको मन्टेश्वरी विद्यालयमा आक्रमण भएको हो । आफ्नो छोरालाई लिन आएको भन्दै विद्य... विस्तृतमा

बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाए

काठमाडौं, २० पुस । गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला छन् । अघिल्लो वर्ष बहराइनमा १० जना नेपालीले ज्यान गुमाएका थिए । हृदयघात, मस्तिष्क पक्षघात तथा ‘सडेन कार्डियक एरेस्ट’ (सुतेको सुतै भएर ज्यान गएको) भएर ज्यान गु... विस्तृतमा

लोपोन्मुख प्रजातिको संरक्षणमा नयाँ सम्भावना

काठमाडौं, २० पुस । चोरी–सिकार तथा अवैध व्यापारका कारण लोप हुने खतरामा रहेका प्राजातिको संख्या लामो समयसम्म रहने आशा पलाएको एक अध्ययनले देखाएको छ । अवैध व्यापार भएका विभिन्न चरासहितका प्रजातिलाई किनेका मानिसले स्वतन्त्र गर्ने क्रम बढ्दै गएकाले ति प्राजितको संख्या मुख्य बासस्थानमा घटे... विस्तृतमा

सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त : १३ को अवस्था अज्ञात

कराकस, १९ पुस । भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।  युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक... विस्तृतमा

प्रधानमन्त्रीको निवासमै गएर प्रहरीको सोधपुछ !

काठमाडौँ, १९ पुस | इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग प्रहरीले उनिमाथि लागेको भ्रष्टाचार आरोपको विषयमा सोधपुछ गरेको छ । प्रहरीले भ्रष्टाचार आरोपमाथिको छानबिनको क्रममा प्रधानमन्त्री नेतन्याहुसँग सोधपुछ गरेको इजरायलको न्याय मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री नेतन्याहुमाथि व्यावसाय... विस्तृतमा

कारागारमा कैदीबन्दीबीच भएको झडपमा ५६ को मृत्यु

काठमाडौं, १९ पुस । ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै घाइते भएका छन् ।   कैदीबन्दीका दुई समूहबीच भएको झडपको मौका पारेर... विस्तृतमा

यात्रु वाहक भ्यान र मिनी ट्रक एक आपसमा ठक्कर खाँदा २५ को मृत्यु

बैंकक (थाइल्यान्ड), १९ पुस । पूर्वी थाइल्यान्डको चोनबुरी प्रान्तमा सोमबार एक यात्रु वाहक भ्यान र मिनी ट्रक एक आपसमा ठक्कर खाँदा २५ जनाको मृत्यु भएको छ ।  घटनामा भ्यानमा सवार १४ जना र ट्रकमा सवार ११ यात्रुको मृत्यु भएको थाई सुरक्षा अधिकारीले बताएका छन् ।  स्थानीय समयअनुसार दिउँसो... विस्तृतमा

ओबामाबाट निश्कासित ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडे

काठमाडौं, १८ पुस  । अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट निश्कासित ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् ।   निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित मस्कोका लागि उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर... विस्तृतमा

अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसायल परीक्षणको अन्तिम चरणमा : किम

काठमाडौं, १७ पुस  । उत्तर कोरियाका नेता किम जोङ उनले आणविक हतियार बोक्नसक्ने क्षमताको लामो दुरीको मिसायल परीक्षणको अन्तिम चरणमा रहेको बताएका छन् । नयाँवर्षको सन्देशकाक्रममा किमले अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसायल परीक्षणको अन्तिम चरणमा पुगेको दाबी गरेका हुन् । ‘बलियो शत्रुले पन... विस्तृतमा

मन्त्रीको राजधानीमै गोली हानी हत्या

नैरोवी, १७ पुस । बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ ।  पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए ।  वातावरण मन्त्री स्थानीय समया... विस्तृतमा

उत्तराखण्डका बिपिन रावत एक ब्याच  सिनियरलाई  पछि पार्दै बने भारतीय सेना प्रमुख

काठमाडौँ, १७ पुस | भारतीय सेनाका सेना प्रमुख जनरल दलबीर सिंह सुहागले मिति २०७३-०९-१६ गते ( ३१ डिसेम्बर,२०१६) मा अवकाश पाए सङ्गै भारतीय सेना प्रमुखको जिम्मेवारी जनरल बिपिन रावतले लिएका छन् । जनरल रावत भन्दा २ जना सिनियर जनरलहरु हुँदा हुँदै मिति २०७३-०९-०२( १७ डिसेम्बर २०१६) शनिवार, भारत सरकारले से... विस्तृतमा

रात्री क्लब आतंकवादी आक्रमण, ३५ को मृत्यु, ४० बढी घाइते

काठमाडौं, १७ पुस  । टर्कीको इस्तानबुलस्थित एक रात्री क्लब आतंकवादी आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेना रात्री क्लबमा प्रवेश गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले आतंककारी आक्रमण भएको जनाएको छ । घटन... विस्तृतमा

बग्दादमा बम विस्फोट, १९ जनाको मृत्यु

बग्दाद, १६ पुस । इराकको बग्दादमा भएको बम विस्फोटनमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।  बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।  घटनामा परी अन्य दर्जनौं घाइते भएका छन् । कम्तीमा पनि ३८ जना घाइते भएका समाचा... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com