Hidden
रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा २५ जना घाइते (नामसहित)
सल्यानमा करिब ३० जना सवार बस दुर्घटना भएकाे छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
नेपालगन्जबाट रुकुम चौरजहरी जादै गरेको ना ४ ख ६७१५ नम्बर यात्रुबाहक बस सल्यानकाे कुमाख गाउँपालिका २ खारखाेलामा बुधबार साँझ ४ बजे दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परेका १५ जना यात्रुलाइ उपचारका लागि नेपालगन्ज पठाइएकाे छ । १० जनाकाे रुकुम चाैरजहारीमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले जानकारी दिए ।
उनकाअनुसार ३ जना घाइतेकाे अवस्था चिन्ताजनक छ । गाडी चालक र सहचालक भने फरार रहेका छन् । उनिहरुकाे खाेजि भैरहेकाे र घटनाबारे अनुसन्धान भैरहेकाे डिएसपी थापाले बताए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...