tealaya add

Accidint

दाङमा सवारी दुर्घटनामा परि दुई युवाको मृत्यु भएको छ ।  एक जना घाइते छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा सोमवार बेलुका ट्रकले मोटरसाईकललाई ठक्कर दिदा दुई युवाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा जिल्लाको रा ३ प २०६१ नम्बरको मोटरसाईकलमा सवार घोराही उपमहानरपालिका वडा नं. १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका वडा नं. ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

गम्भीर घाइते दुबै जनालाई लमही अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् ।

उनको खुट्टा फ्याक्चर भएको तथा हातमा पनि गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते मरासनीलाई स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

सोमवार बेलुका सवा ७ बजेतिर उक्त दुर्घटना भएको थियो भने दुबैजनालाई अस्पताल पु¥याए तलगै बेलुका पौने ९ बजेतिर उनीहरुको मृत्यु भएको थियो ।


सुरुमा भालुवाङवाट पश्चिम लमही तर्फ आउँदै गरेको लु १९ प ५५०६ नम्बरको मोटरसाईकल र लमहीवाट पूर्व भालुवाङ तर्फ जाँदै गरेको रा ३ प २०६१ नम्बर एक आपसमा ठोक्किए ।

दुबै मोटरसाईकलमा सवार तीन जना व्यक्ति सडकमै लडे । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको ट्रकले दुई मोटरसाईकल आपसमा ठोक्किएर सडकमा लडिरहेका उनीहरुलाई फेरि ठक्कर दिएको थियो ।

ईलाका प्रहरी कार्यालयका भालुवाङका अनुसार दुर्घटनामा परेका दुई मोटरसाईकलाई ठक्कर दिने ट्रक राजमार्गदेखि एक किलोमिटर टाढाको भित्री सडकवाट बरामद गरिएपनि यो खवरपार्दा सम्म चालक भने फरार रहेका छन् । चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...
Loading...