tealaya add

प्रनिश थापा, चितवन । चितवनमा बसको ठक्करबाट बिहीबार एक साईकल यात्रीको मृत्यु भएको छ ।

Accident

मेघौलीबाट नारायणगढ तर्फ आउँदै गरेको ना. ६. ख. ९३५६ नम्बरको बसले बिहीबार दिउँसो ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित मंगलपुरमा साईकलयात्री ठक्कर दिंदा साइकलमा सवार लमजुङ घर भइ हाल भरतपुर महानगरपालिका १५ मंगलपुर बस्ने बर्ष ३८ की मोतीमायाँ गुरुङको मृत्यु भएको हो ।

गुरुङको उपचारको क्रममा आज दिउँसो ५ : २० बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साइकललाई ठक्कर दिने बस र त्यस्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकासित मिति

Loading...
Loading...