tealaya add

accidentअरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि चारदोबाटोमा कन्टेनरको ठक्करबाट संस्कृतिकर्मी लक्ष्मीभक्त लाखे श्रेष्ठको मृत्यु भएको छ ।

बा ५ ख ७६०२ नम्बरको कन्टेनरले ठक्कर दिँदा मध्यपुरथिमि–४ का ६४ वर्षीय श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । कन्टेनरका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३६ वर्षीय मिङमार शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरि अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसैन नगरपालिका–७ जना लिबण्डालीको भैसले नजिक पुछेडी खोलामा रहेको तालमा डुबेर दुई बालकको ज्यान गएको हो ।

अछाम प्रहरीका अनुसार ज्यान जानेमा ११ वर्र्षीय ललित वादी र १२ वर्षीय युकेश दमाइ रहेका छन् । शनिबारको दिन गाउँकै पाँच÷छ जना केटाकेटी टोली बिहान बाख्रा चराउन गोठालो गएकामा खेल्ने क्रममा दुईजना पानीमा डुबेपछि मृत्यु भएको घटनास्थल पुगेका अछाम प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक जनकबहादुर शाहीले बताए ।

मृतक दुवै जनाको शवलाई पानीबाट निकालेर जिल्ला अस्पताल अछाममा शव परीक्षणका लागि ल्याइएकोछ ।

यसैबीच अछामको चौरपाटी गाउँपालिका–५ लुंग्रामा भीरबाट लडेर एक जना बालिका गम्भीर घाइते भएकी छन् । स्थानीय झंकर भुलकी १० वर्षीया छोरी एलिना भुल गाउँ नजिकैको वनमा बाख्रा चराउन गएको अवस्थामा भीरबाट खसेर घाइते भएको उनका आफन्तले बताएका छन् ।

भीरबाट करीब ५० मिटर तल खसेकी एलिनाको बेहोस् अवस्थामा बयालपाटा अस्पतालमा उपचारको लागि लगिएकोमा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

बालिकाको टाउको, छाति, पेटलगायत शरीरका विभिन्न भागमा चोट लागेको उनका काका रमेश भुलले जानकारी दिए । घाइते एलिना स्थानीय कालिका आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् ।

प्रकासित मिति

Loading...
Loading...
Loading...