tealaya add

accedentnews kanipath

तानसेनः पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

मंगलबार साँझ बुटवलबाट पाल्पाको सर्देवा जाँदै गरेको लु अ अ ब ४१९४ नम्बरको बोलेरो जीप रिब्दीकोट गाउँपालिका-३ खस्यौलीमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–५ सिद्देश्वरकी ७० वर्षीया हिमादेवी बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै घाइतेहरुमा पर्सा पर्सागढी नगरपालिका वडा नं २ बस्ने २६ वर्षीय नारायण बहादुर बस्नेत, पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नं ४ बस्ने २८ वर्षीय जुना थापा मगर तथा सोहि स्थानकै २२ वर्षीय खड्क बहादुर रेश्मी (चालक), ६४ वर्षीय टिका बहादुर थापा, ५४ वर्षीय मनकुमारी थापा, ४ वर्षीय बर्षा कुमारी पुन, २९ वर्षीय कमला सिहं मगर, २६ वर्षीय मिना पुन, ४ वर्षीय रक्षा पुन, ३५ वर्षीय थमन सिहं मगर, २४ वर्षीय नेत्र बहादुर दर्लामी, २८ वर्षीय योग नारायण पुन, २ वर्षीय रन्जित पुन र १९ वर्षीय राजन दर्लामी रहेका छन् । घाइते सबैको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।

सडक छेउमा रहेको पुरूवा माटो भासिदा जीप सडकभन्दा करिब ३० मिटर तल खसेको छ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर