trishuli river kantipathnews

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन्। अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्। कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ। अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे। भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४र७५ मा १४ वटा गाडी नदीमा खसेका थिए। तिनमा २२ जनाको मृत्यु भयो।

०७५/७६ मा १५ वटा गाडी त्रिशूली खसे भने २६ जनाले ज्यान गुमाए। साउनमा मात्रै चार वटा सवारीसाधन त्रिशूलीमा खसेका छन्। त्यसअघि पनि थुप्रै गाडी त्रिशूलीमा खसेर बेपत्ता भएका छन्। ०७३ असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी घोप्टेभीरबाट दुई सय मिटर त्रिशूलीमा खसेर बेपत्ता भएको थियो। घटनामा चार जनाको मृत्यु भएको थियो। घिमिरेसहित दुई बेपत्ता भए। गोताखोरले पानीको गहिराइमा पुगेर खोज्दा पनि गाडी भेट्न सकेनन्। त्यसको केही दिनअघि मालवाहक ट्रक खसेर नदीमा गायब भएको थियो।

०७३ भदौ १० गते रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो। ०७३ साउनदेखि माघसम्म मात्रै २१ वटा गाडी त्रिशूलीमा खसेको तथ्यांक छ। नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा २०७४ असार ९ गते पहिरो पन्छाउने क्रममा पहिरोले बगाएर त्रिशूलीमा डुबेको प्रहरीको भ्यान बेपत्ता छ। घटनामा प्रहरी सहायक निरीक्षकसहित चार जनाको मृत्यु भएको थियो।

आव ०७३ देखि अहिलेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा एक सय ४१ सवारी दुर्घटनामा परे। त्यसमा १०३ जनाको मृत्यु भयो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि मौवा खोलासम्म ९७ वटा दुर्घटनामा परेर ७४ जनाले ज्यान गुमाए। प्रायः मालवाहक ट्रक, ग्यास बुलेट, यात्रुवाहक बस र मोटरसाइकल सडकबाट खसेका छन्।

घुमाउरो सडक र चालकको लापरबाहीका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। रातको समयमा चलेका साधन बढी दुर्घटनामा परेका छन्। प्रहरी प्रतिवेदनअनुसार अधिकांश घटना चालकको लापरबाहीबाट भएको देखिन्छ। तीव्र गति र चालक निदाउने मुख्य कारण हुन्।

Accidient on trishuli river kantipathnews

सडक र ट्राफिक संकेतअनुसार चालक सजग नहुँदा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्ण ठकुरीले बताए। ‘हामीले बेलाबेलामा चेक गर्दा अधिकांशमा दुई जना चालक हँुदैनन्’, ठकुरीले भने, ‘घटनाक्रम केलाउँदा चालकले सजगता नअपनाउँदा दुर्घटना भएको पाइएको छ।’

लामो दुरीमा चल्ने गाडीमा एकजना मात्रै चालक हुँदा पनि दुर्घटना हुने गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार २५० किलोमिटरभन्दा लामो दुरीमा अनिवार्य दुई जना चालक हुनुपर्छ। तर यो कार्यान्वयन भएको पाइँदैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी भने सडकको अवस्था सुधार नहुँदा दुर्घटना बढेको बताउँछन्।

‘वर्षांैअघिको तुलनामा अहिले चल्ने संख्या तुलना गर्दा आकाशजमिनको फरक छ’, सुवेदीले भने, ‘केही हद चालकको दोष होला तर सडकको क्षमता सुधार नहुँदा पनि समस्या देखिएको छ।’

जलबिरे, घोप्टेभीर, फिस्लिङ, कालीखोला, चेपाङ डाँडा, गाईघाट, रिद्दी खोला बढी दुर्घटना हुने क्षेत्र हुन्। प्रायः घुम्ती र साँघुरो पुलमा दुर्घटना हुने गरेको छ।

दुर्घटना न्यूनीकरणका लागि केही वर्षअघि सुरु गरेको रिफ्रेस सेन्टरले निरन्तरता पाउन सकेन। यस क्रममा चालकलाई मुख धुन लगाउने, चिया खुवाएर पठाउने, सवारीको अवस्था र यात्रुको गुनासो सुन्ने गरिन्थ्यो। जनशक्ति, पूर्वाधार र स्थानको अभावले यो स्थगित भएको छ।
अन्नपुर्ण पोष्ट

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर