design accident jpgसुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा एम्बुलेन्सलाई ट्रकले ठक्कर दिंदा एकै परिवारका ५ सहित सातजना मृत्यु भएको छ । ट्राफिक शनिबार राति १२ बजेर २० मिनेटको समयमा विरगन्जबाट बिराटनगरतर्फ जादैं गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिंदा एम्बुलेन्स चालकसहित ६ जनाको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी पोष्ट भण्टावारीले जानकारी दिएको छ ।

मृत्यु हुनमा चालक उदयपुर त्रियुगा नगरपालिका १० का राजेश दनुवार, त्रियुगा नगरपालिका १० कै वर्ष ३४ का दुर्गाधन राई, ३२ वर्षका टेकेन्द्र राई, । वर्ष ५० तुलबहादुर राई छोरा , वर्ष ३४ का मुकेश राई, वर्ष ३४ का दिनेश राईरहेका छन् ।

नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव गजेन्द्र राईकी हजुर आमा शिवमाया राईको विराटनगरमा उपचारका लागि लगिएको थियो । उच्च रक्तचापले शिवमायाको मृत्यु भएपछि शव लिएर घर फर्कदैं गर्दा दुर्घटना भएको नाती गजेन्द्रले जानकारी दिए । दुर्गाधन र टेकेन्द्र नाती हुन । मृतक सबैको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...