accident भएका छन् । भक्तपुरको गठ्ठाघरमा काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले पछाडिबाट अन्य ३ वटा बसलाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर अन्य बससँग ठोक्किन पुगेको थियो । उक्त बसले ना ६ ख ७१२५, बा ५ ख ४०२१ र बा ३ ख ७०९३ नम्बरका ३ बसलाई ठक्कर दिएको थियो ।

बसकाे ठक्करबाट अन्य ३ बसमा रहेका यात्रुसहित गरी १६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय नागरिक अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी भक्तपुर परिसरले जनाएको छ ।ठक्कर दिने बसका चालक दीपकराज ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर