tealaya add

arunkhola 2

काठमाडौ। अरुणखोला पुलमा ट्रक ठोक्किदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिकाको अरुणखोला पुलमा आज बिहान ट्रक ठोक्किदा पुल भाचिए पछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक छेउमा क्षति पुगेको छ भने पुल करीब दुई मिटर तल लच्किएको छ।

पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरीले बताएका छन् । बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रुवाहक बससमेत रोकिएका छन् । तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालन गर्ने प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...