1478958692 banner ad format

bus accident27

नवलपरासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार गए राति ११ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्कर खाँदा कारमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ४० वर्षीय गोर्कण पौडेलको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यसैगरी सोही कारमा सवार बुटवल उपमहानगरपालिका–४ का ३१ वर्षीय सुरेश पोखरेल घाइते रहेको र उनको पनि बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकसहित ट्रक, कार इलाका प्रहरी कार्यालय सुनवलले नियन्त्रणमा लिएको छ ।

यसैगरी अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलबार नगरपालिका–५ का भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई वडाको कीर्तिपुरमा ठक्कर दिँदा मृत्यु भएको हो । अछामबाट नेपालगञ्जका लागि गएको ना ६ ख ४४५२ नम्बरको ट्रककाे ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चालक बर्दियाको मदुबन नगरपालिका–४ का ४२ वर्षीय तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल अछाम पठाएको छ।

यसैगरी सिरहाको पूर्वपश्चिम राजमार्ग अन्गर्तत धनगढीमाई नगरपालिका ११ सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् ।

ना ७ ख ५३८२ र ना ४ ख ६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । सो दुर्घटनामा १६ जनाघाइते भएका छन् । घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाले जनाका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय आरके मेडिसिटी अस्पताल र श्रमजीवी केयर अस्पताल धनगढी ११ मा र लहानको किल्निकमा उपचार भइ रहेको छ । केहि यात्रुको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ । घाइते मध्येको अधिकांशको खुट्टा र टाउकोमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिनु भयो ।

प्रकासित मिति

Loading...

 

ताजा खबर