Hidden
बस खेतमा खस्दा १३ जना घाइते
नारायणगढबाट बेनीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका ५ ढावमा यात्रु बस दुर्घटनामा परेको हो ।
बा ४ ख ५९८८ नं को बस दुर्घटनामा परि घाइते भएकाहरुको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बस सडकसँग जोडिएको खेतको गह्रामा पुगेको थियो।
प्रकासित मिति
Loading...
Loading...
Loading...