bus accidentnews kantipath11रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरद सुवेदीले जानकारी दिए।

बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो। अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेकोले उद्धार कठिनाइ भइरहको प्रहरीले जनाएको छ। घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनायो।

बसमा १८ बढी यात्रु सवार रहेको बताइएको छ। के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहरीले बताएको छ। दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुहाेस् - रुख बाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुगल नगरपालिका ५ मिडि घर भएकि २२ बर्षिया कमला कुवर रहेको स्थानिय सुरेश कुवरले जानकारी दिए ।

बुधबार बिहान करीव १० बजे तिर घर नजिकै रहेको रुखमा घाँस काट्ने क्रममा रुखको हाँगा भाचिए पछी कुवरको घटना स्थलमै मृत्यु भएको हो । मृतक कुवरका तिन बर्षिय एक छोरा श्रीमान् रोजगारीको सिलसिलामा बैदेशीक रोजगारीमा रहेका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर