Car accident update kantipathसन्धिखर्क नगरपालिका–६ नरपानी बुधबार बिहान भएको कार दुर्घटनाका मृतक तीनजनाकै सनाखत भएको छ। 

मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालिका–२ मुगृयाका ७० वर्षीया दुर्गादेवी खड्का, ४० वर्षीय तिलक खड्का र ४३ वर्षीय भक्तबहादुर खड्का रहेका छन्। दुर्घटनामा परी अन्य दुईजना घाइतते भएका छन्। 

घाइते हुनेमा सोही ठाँउका ४९ वर्षीय गंगाबहादुर खड्का र २८ वर्षीय विनोद खड्का रहेका छन्।

उनीहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ। रूपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भएको हो। कार सडकबाट करिब १५० मिटर खसेको जिल्ला प्रहरी प्रमुख प्रकाश विष्टले जानकारी दिए।

कारमा एक्कासी ब्रेक लगाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

थप समाचार - कार दुर्घटना : ३ को मृत्यु, २ घाइते

दार्चुलामा जीप दुर्घटना

७४ प्रतिशत दुर्घटना चालकको लापर्बाहीबाट

सरकारी जागिर खाएर अधिकृत बन्न चाहन्थिन् क्याम्पसका प्रथम हुने कविता तर बिच बाटोमै टुट्यो सबै सपना

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर