annapurna add

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

Dhankuta bus accident in nepalधरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

घटनापछि बस चालक धनकुटाको सागुरीगढी–१ का २५ बर्षीय प्रदिप लिम्बुलाई ईलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको नाम


१. मोरङ केराबारी गाउँपालिका–९ का ३२ बर्षीय अमर राई

२. मोरङ केराबारी गाउँपालिका–९ का २६ बर्षीया चन्द्रकला राई

३. मोरङ केराबारी गाउँपालिका–९ का चन्द्रकला राईकी छोरी १ बर्षीया सुमिता राई

४. धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का २३ बर्षीय कृष्ण लिम्बु

५. धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ४२ बर्षीय नविन लिम्बु

६. धनकुटाको चौबिसे गाउँपालिका–७ का ५० बर्षीया उर्मिला बराल

७. संखुवासभाको खपना–५ का २७ बर्षीय नविन खत्री

८. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का ३० बर्षीया सम्झना राई

९. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का २९ बर्षीय कमल लिम्बु

१०. धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ का २९ बर्षीय डम्बर मगर

११. तेह्रथुमको छथर गाउँपालिका–१ का २३ बर्षीया दुर्गा कार्की

१२. धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ का १९ बर्षीय भगवती दाहाल

१३. धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ का १२ बर्षीया अञ्जली दाहाल

१४. मोरङको पथरीशनिश्चरे–१० का ८० बर्षीय उदय बहादुर भट्टराई

१५. धनकुटाको पाख्रीबास नगरपालिका–६ का ३० बर्षीया रमा सापकोटा

१६. सुनसरीको ईटहरी उपमहानगरपालिका–११ का ४२ बर्षीया साबित्रा थापा

१७. सुनसरीको ईटहरी उपमहानगरपालिका–११ का ५६ बर्षीया टिकादेवी भट्टराई

१८. धनकुटाको धनकुटा नगरपालिका–९ बेलहाराका ३५ बर्षीया इन्दिरा बिष्ट

१९. सुनसरीको ईटहरी उपमहानगरपालिका–९ का २५ बर्षीया जानुका बस्नेत

२०. सुनसरीको ईटहरी उपमहानगरपालिका–५ का ३० बर्षीया निर्मला दाहाल

२१. मोरङको उर्लाबारी नगरपालिका–४ का ४० बर्षीया साबित्रा श्रेष्ठ

२२. मोरङको पथरीशनिश्चरे–६ का २२ बर्षीया पुजा श्रेष्ठ

२३. काठमाण्डौ धलिखेल–९ का ४० बर्षीय रगु श्रेष्ठ

प्रकासित मिति

Loading...
Loading...

 

Loading...