काठमाडाै : अवैध उत्खननको विरोध गर्दै आएका दिलीप कुमार महतोलाई ट्रिपरले किचेर जानीजानी हत्या गरेको आरोपमा क्रसर उद्योगका सञ्चालकलाई पक्राउ गरिएको छ ।

main dhanusa kantipathnewsधनुषाको मिथिला नगरपालिकामै सञ्चालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक विपिन कुमार महतोलाई प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ भानुचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

प्रहरीले यसअघि मृतक दिलीपका साथी रोशन यादव र ट्रिपर चालक मुनिन्द्र महतोलाई शुक्रबार नै पक्राउ गरिसकेको छ।

दिलीपको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने परिवारजनले प्रहरीमा जाहेरी नदिएकोले शवको पोष्टमार्टम नगरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।

शुक्रबार बिहान करिव ५ बजे औरही खोलामा भइरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलीपलाई स्थानीय ओमप्रकाश महतोको ट्रिपरले किचेर जानीजानी हत्या गरिएको थियो ।

याे पनि पढ्नुहाेस् - 

धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर