jeep

सोलुखुम्बुमा घर भित्र गाडि पसेको छ । गाडि अनियन्त्रित भई कुमारी बिकको घर भित्र पस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिकाको  बसन्तबजारका ७ महिने शिशु र सुकु घिमिरे रहेका छन् ।

घरको पिढिमा बसरिहेका उनिहरुलाई ना १ ज्ञ ३ ६०८नम्बरको बालेरोले एक्कासी ठक्कर दिएको जनाइएको छ । घाइते भएका दुई जनाको भने अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको बताइएको छ । उक्त गाडी फर्काउने क्रममा अनियन्त्रित भई घर भित्र पसेको हो ।  

यता दोलखामा रोकिराखेको बस पल्टिँएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा बस पल्टिँदा एक जनाको ज्यानगएको छ । ज्यानजानेमा वैत्यश्वर गाउँपालिका– ३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङरहेकी छिन् ।

buss paltiyo

प्रहरीका अनुसार काठमाण्डौका लागि छुटेको बा ३ ख २९९७ नम्बरको बस भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा पल्टिँएर दुर्घटना भएको जनाइएको छ । डिजेल सकिएर रोकिएको उक्त बसमा २० जना यात्रु रहेको र एक्कासी बस पल्टिएको जनाइएको छ ।

 

 

 

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...