annapurna add

बागलुङ । बागलुङको गलकोटबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टरमा गिद्ध ठोक्किएको छ । नुवाकोटको आकाशमाथि आएको हेलिकोप्टरमा गिद्ध ठोक्किएको हो । गिद्ध ठोक्किएपनि हेलिकोप्टर भने ठूलो दुर्घटनाबाट जोगिएको छ ।

गिद्ध ठोक्किएर हेलिकोप्टरको अगाडीको सिसा फुटेको छ । हेलिकोप्टरमा गिद्ध ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा ६ जना यात्रु चढेका थिए । उनीहरु सबै सकुशल छन् ।

तर गिद्ध ठोक्किएर आकस्मिक अवतरण गरिएको हेलिकोप्टर भने उडाउन कठिनाई भएको छ । अलपत्र परेका हेलिकोप्टरलाई लिन अर्को हेलिकोप्टर पठाइएको छ ।

हेलिकोप्टरमा रहेका गलकोट नगरपालिका वडाध्यक्ष वीरजंग भण्डारी भने सामान्य घाइते भएका छन् । उनी अघिल्लो सिटमा थिए । हेलिकोप्टर दुर्घटना हुन सक्ने भएपनि पाइलटको सावधानीले जोगिएको उनको भनाई छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...