tealaya add

 hisila yaami

पूर्वमन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमी दुर्घटनामा परेकी छिन् । उनि आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी हुन् । उनलाई आफ्नो निवासबाट बालकुमारी जानेक्रममा ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो  कुनै चोट पटक भने नलागेको बताइएको छ । अहिले उनको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

यता महोत्तरीको बर्दिबास–३ मा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । पैदलयात्रीलाई जोगाउने क्रममा बा २ च ४४४१ नम्बरको एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।एम्बुलेन्समा सवार ५० वर्षीय तारा बादीको मृत्यु भएको छ । दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश बादी, छोरी गंगा बादी घाइते भएका छन् ।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका–४ का रोशा बराइली पनि घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...
Loading...