annapurna add

Humla accident

सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती बलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाईते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा राती १० बजे सो बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंप्रहरी निरीक्षक सिताराम बिष्टले बताए ।

दुर्घटनामा परि १ जना महिला सहित ४ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र बच्चासहित ५ जनाको अवस्था सामान्य भएको जिल्ला अस्पतालका डाक्टर टसि अंङजुक लामाले बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...