annapurna add

jeepAccदार्चुलाको शैल्यशिखर नगरपालिका –६ चौतलीचौरमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बिहान ६ बजेतिर लेकम गाउँपालिकाको रिठाचौपातामा पर्ने लटिनाथ मन्दिरमा लागेको जयपुरमा जात्राबाट अवलोकन गरी घर फर्किने यात्रु बोकेको से १ ज ११३१ नम्बर को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जीपमा सवार १२ जना मध्ये १० जना सामान्य घाइते रहेको र २ जनाको अबस्था गम्भीर रहेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक तेजबहादुर खड्काले जानकारी दिनुभयो । गम्भीर घाइते हुनेमा मालिकार्जुन गाउँपालिका– २ भगवतीकी २० वर्षिय कलसी धामी र वडा नम्बर ३ बसेडीकी ३० वर्षिय कमला देवी धामी रहेका छन् । उनिहरुको टाउकोमा चोट लागेको छ ।

जिप दुर्घटनामा परी मालिकार्जुन गाउँपालिका–२ का १८ वर्षिय हरिशसिंह धामी, १९ वर्षिय नरेशसिंह धामी, १८ वर्षिय रमेशसिंह धामी, २६ वर्षिय तुलसी धामी, २० वर्षिय खेमसिंह धामी, १८ वर्षिय पुष्करसिंह धामी, ३० वर्षिय दानसिंह धामी, २० वर्षिय लोकेशसिंह धामी र मालिकार्जुन गाउँपालिका–३ का १७ वर्षिय मिना धामी र ४६ वर्षिय पदमसिंह धामी सामान्य घाइते भएका छन् ।

जिप दुर्घटनाको कारण भने खुल्न सकेकाे छैन् भने जिप चालक दिपुसिंह विष्टलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर