काठमाडौं । बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटनाकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ । दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो ।

बर्सेनि दुर्घटना : ५ वर्षमा ११,७२४ जनाको मृत्यु, वर्षमा ३० अर्ब स्वाहा

Nepal road accident worldफाइल तस्विर : जसमा १५ देखि ४९ वर्षका मानिसको संख्या ३ हजार एक सय रहेको छ । त्यस्तै, सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय रहेको छ । अध्ययन अनुसार उक्त उमेर समूहका करिब तीन हजार चार सयजनाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या तीन हजार एक सय रहेको थियो ।

अध्ययनको सारांशबारे युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका शोधकर्ता डाक्टर पुष्पराज पन्तले भने, ‘यस अध्ययनमार्फत हामीले पहिलो पटक नेपालमा कसैलाई क्षति पु-याउने मनसाय राखेका छैनौं, यसले थप सचेत बनाउँछ भन्ने हो ।’ नेपालमा चोटपटकको रोगभार अध्ययन २०१७ ले चोटपटकको कारणले घाइते वा मृत्यु हुने समस्या एक महत्वपूर्ण भएको उजागर गरेको छ ।

अध्ययनमा दुर्घटनाको मुख्य कारण मोटरसाइकल मोपेडहरू, पैदलयात्रीका लागि पेटी नहुनु, ट्राफिक नियम पालना नहुनु, सडक सुरक्षासम्बन्धी सचेतना नहुनुलगायत रहेका छन्। चालकको ध्यान विचलन हुने, मोबाइल फोनको प्रयोग गर्ने लगायत अध्ययनमा देखिएको छ ।

‘दुर्घटना कम गर्न सबै निकायको समन्वय हुनुपर्छ, देशको सडक सुरक्षाको अवस्था सुधार गर्नु आजको आवश्यकता हो, सरकारी नेतृत्वबाट देखिने गरी प्रतिबद्धता पहिलो र मुख्य आवश्यकता हो,’ डाक्टर पन्तले भने ।

अध्ययनमा मृत्युको सबैभन्दा ठूलो हिस्सा लडेर ४५ प्रतिशत, डुबेर १५ प्रतिशत, सर्पलगायत जनावरबाट सात प्रतिशत, पोलेर ६ प्रतिशत, यान्त्रिक बल पाँच प्रतिशत, प्राकृति विपत्ति दुई प्रतिशत र विषको असरबाट एक प्रतिशत र यस्ता बाँकी कारणहरूबाट १९ प्रतिशतको मृत्यु हुने देखाइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर