काठमाडौंः नयाँ बानेश्वरमा आज बिहानै एक जनाको विभत्स अवस्थाको शव फेला परेको छ ।

design accident jpg

बिहान  ६ बजेतिर भेटिएको उक्त शव सवारी दुर्घटनाबाट ज्यान गएको हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

‘सडकमा शवसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटनास्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’

उनले शवको टाउको क्षतविछ्यत भएकाले पहिचान गर्न कठिन भएको पनि उनले बताए ।

सवारी दुर्घटना नै भएपनि ठूलो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको वा अन्य कारणबाट दुर्घटना भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...