design accident jpg

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपको ठक्करबाट स्थानीय देवराम टमटाको मृत्यु भएको छ ।

कञ्चनपुरबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीपले ठक्कर दिँदा टमटा गम्भिर घाइते भएका थिए ।

घाइते टमटालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उनको उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेते जानकारी दिए ।

ठक्कर दिने जिप र चालक डडेल्धुराको अमरगढी नगरपालीका– १० का २३ वर्षीय विरबहादुर रावललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...