गाेपाल कामी डडेल्धुरा - डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काइभेटरले किचरे आइतबार राति एकजनाको मृत्यु भएको छ।

Skyveter death kantipathnews

मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ कै ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा २ क ५४६४ नम्बरको स्काइभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

चालकको लापरवाहीले घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन्।

उक्त स्काइभेटरले परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्राली, कैलालीको रहेको जनाइएको छ।

स्काइभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...