annapurna add

drunker e1529730889647

बुंगल नगर प्रमुख धनबहादुर विष्टको जाँड पार्टीका कारण एक जना शिक्षकको ज्यान गएको छ । मेयरसहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएको भोजबाट रक्सीले मातेर फर्कंदै गर्दा नगरपालिका– १, दहबगरमा आइतबार राति १२ बजेतिर लु १ क १२७८ नं को जेसिबी दुर्घटनामा परेको थियो ।

जेसीबी दुर्घटनामा परी बुंगल नगरपालिका १, भेरगडा बस्ने ३४ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको हो । मृतक बोहरा महेन्द्र माध्यमिक विद्यालय दहबगरको स्थायी शिक्षक हुन् । उनी कांग्रेसनिकट शिक्षक संघमा आबद्ध थिए । दुर्घटनामा बुंगल नगरपालिका ९, देउलीकोटका जेसिबी चालक २४ वर्षिय महेश खडायत, बुंगल नगरपालिका १, दहबगरका २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँका ५० वर्षिय प्रताप धामी घाइते भएका छन् ।

स्थानीयका अनुसार नगरप्रमुख धनबहादुर विष्टसहित कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले वडा नं १ दहबगरमा रात्रिभोज गरेका थिए । आइतबार अबेर दहबहगर पुगेका नगरप्रमुख विष्टले दहबगरकै एक व्यापारीलाई पार्टी प्रवेश गराएपछि उनीसहितको टोलीले महेन्द्र माविका लेखापालको घरमा बसेर जाँड पार्टी गरेका थिए । पार्टीमा शिक्षक संघका जिल्ला नेता उत्तम मल्ल पनि सहभागी थिए । नगरप्रमुख विष्ट दहबगर पुगेपछि चालकसहित ६ जना कार्यकर्ता कालंगा हाइड्रो पावरको जेसिबी चढेर हाइड्रोको क्याम्पबाट भोजमा जान निस्केको एक स्थानीयले बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार