annapurna add

काठमाडौं । लतिलपुरमा बालिकालाई अपहरण गरी बन्धक बनाएर राखेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

aapaharan Pakrauपक्राउ पर्नेमा सर्लाही घर भई ललितपुर हरिसिद्धि बस्ने ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध घर भई ललितपुर हरिसिद्धि बस्ने २३ वर्षीया सीता परियार र धनुषा धारापानी घर भई ललितपुर हरिसिद्धिमै बस्‍ने ४० वर्षीय कृष्ण तोलामी छन् ।

उनीहरुले सोमबार (हिजो) ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ४, मनकामना चोकस्थित बस्ने गुड्डी साहकी छोरी ८ वर्षीया अनुखा साहलाई कोठाभन्दा बाहिर खेलिरहेको समयमा साइकलमा आएर लगेका थिए ।

मौखिक रुपमा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जानकारी आएपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्दै सोमबार साँझ हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको थियो ।

पीडित बालिकालाई तत्कालै उद्धर गरेर अनुसन्धानमा क्रममा अपहरण तीनजनाको संलग्‍नता पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...