annapurna add

accident

दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । काठमाडौँबाट दाङ आउदै गरेको बा६ख ३९६७ नंको बस र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा१ब ८१८ नंको मोटरसाइकल गढ्वा गाउँपालिका–१ कालाकाटेमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रोल्पाको गङ्गादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुनको मृत्यु भएको छ । रुकुम त्रिवेणी गाउँपालिका–२ खारा निवासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । त्यस्तै रोल्पा गङ्गादेव गाउँपालिकाका कम्प्युटर अपरेटर तुलसीपुर उपमहानगरपालिका–५ निवासी रमेश ओलीको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का २५ वर्षीय अजय कवर, दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीया सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका–६ का १८ वर्षीय कृष्ण चौधरी रहेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...