annapurna add

चाँगुनारायण नगरपालिका ९ मा ट्रिपरको ठक्करबाट एक १८ महिने शिशुको मृत्यु भएको छ ।

Tripper newsट्रिपरको ठक्करबाट सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा शिशिर मोक्तानको मृत्यु भएको हो ।

जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टि«परले शिशिरलाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका शिशिरको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाएको बताइएको छ ।

मृत शिशु शिशिरका पिता ईश्वर जय इँटा भट्टामै काम गर्ने मजदुर हुन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...