annapurna add

dhading Truck accidentधादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससााह ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङख्या ६ पुगेको छ ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धादिङकै ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा २५ भन्दा बढि घाईते भएको प्रहरीले अनुमान गरेको छ ।

नीलकण्ठ नगरपालिका नंम्बर – २ भुलभुलेबाट ढोला मण्डलीमा लागेको मेला दर्शन गर्न गएका र फर्किने क्रममा नीलकण्ठ नगरपालिका ८ मैदी भन्ज्याङमा दुर्घटना भएको हो ।

घाईतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल धादिङ ल्याईएको छ।घट्ना स्थलमा प्रहरी,रेडक्रसकर्मी,स्थानीयहरुले उद्धार गरीरहेका छन् ।यो समाचार तयार पार्दा समेत ७ वटा एम्बुलेन्सबाट घाईतेलाई उपचारको लागि अस्पताल ल्याईएको छ ।

घाईतेलाई उपचारको लागि काठमाडौँ लैजान हेलिकप्टर मगाइएको छ । हरेक हप्ताको मंगलबार ढोला मण्डलीमा पुजा गर्ने चलन रहेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...