1574234909Raj Bahadur Chand

बैतडीमा एक जना वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका– ४ का वडाध्यक्ष राजबहादुर चन्द बुधबार बिहान मृत भेटिएका हुन् ।

वडा नम्बर ४ को सैलोडाअन्तर्गत पर्ने कैलपाल मन्दिरमा मंगलबार जात्रा हेर्न गएका उनी बुधबार सुरखण्ड भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले जानकारी दिए । घटना कसरी भयो भन्ने पत्ता लागेको छैन । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...