1478958692 banner ad format

 
 

इन्डोनेसियाको एउटा बालकको बानी सबैलाई सुन्दै अचम्म लाग्न सक्छ । इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका ठुटा तानेर चुरोट पिउने बानी लाग्यो ।अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन । उनलाई मानिसहरुले चुरोट दिन्छन्, उनको लागि सल्काइदिन्छन् र खाएको देखेर हाँस्छन् ।

रापीलाई विगत दुई महिनादेखि चुरोट नखाइ नहुने भएको छ । उनी आजकाल चुरोटसँगै कफी र केक पनि खान्छन् । उनकी आमा मार्यातीले छोरालाई दिनमा दुई बट्टा चुरोट दिने गरेको स्विकार्छिन् ।

उनका अनुसार चुरोट नदिए छोराको व्यवहार सम्हाल्नै नसक्ने हुन्छ । अत्यधिक नकारात्मक प्रतिक्रिया पाइरहेका रापीका आमाबुवाले आफ्नो छोराको यस्तो बानी हटाउन अस्पताल पुर्याउने सोच बनाएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood